धनगढी: कैलालीको धनगढीबाट झण्डै ४३ हजार नगदसहित ४ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-४ बोराडाँडी स्थित एकताटोल बस्ने ४६ वर्षीय भोजराज भट्टले संचालन गरेको पसलमा जुवातास खेलिरहेको अवस्थामा आइतवार प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
पसल सञ्चालक भट्टसहित चारै जनालाई नगद ४२ हजार ६७० रुपैँया र ३ गड्डी ताससहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।








प्रतिक्रिया दिनुहोस