कञ्चनपुरको कृष्णपुर नगरपालिकामा १२ करोडका योजना कटौती 



अत्तरिया: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा १२ करोडका योजना कटौती गरिएको छ। नगरप्रमुख हेमराज ओझाले १० लाखभन्दा मुनिका सबै योजना र १२ करोडका अन्य योजना कटौती गरिएको भन्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन्। 

संघीय सरकारबाट कृष्णपुर नगरपालिकामा चालू आर्थिक वर्ष २०८२ /८३ का लागि विनियोजित विभिन्न १२ करोडका योजनाहरु काटिएका छन्। गुलरिया र वाणी बजार नाला निर्माण अन्तर्गत ३ करोड, वडा नम्बर २ वाणी मुक्तकमैया बस्तीमा पुर्वाधार निर्माण अन्तर्गत ३ करोड, वडा नम्बर ८ मझ्गाउ र धनगढी उपमहानगरपालिका-१३ श्रीलंका जोड्ने मोहना नदीमा पक्की पुल बनाउन विनियोजन गरिएको ३ करोड बजेट कटौती भएको नगरप्रमुख ओझाले जानकारी गराएका छन्।

यस्तै कृष्णपुर नगरपालिका-१ एक्लेबिजय साल, खार खोलामा तटबन्ध निर्माण गर्न विनियोजन गरिएको ३ करोडकाे बजेट पनि कटौती गरिएको छ। साथै १० लाखभन्दा मुनिका सबै योजनाहरु कटौती भएको नगरपालिकाले जनाएको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका