कैलाली र कञ्चनपुरबाट एक युवतीसहित चार जना युवक लागुऔषधसहित पक्राउ 



अत्तरियाः कैलाली र कञ्चनपुरबाट एक युवतीसहित चार जना युवक लागुऔषधसहित पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट वेदकोट नगरपालिका–२ की १९ वर्षीया पुष्पा जोशी र २२ वर्षीय सुरज बिष्ट लागुऔषधसहित पक्राउ परेका छन्। ३ ग्राम ७३० मिलिग्राम लागूऔषधसहित दुबै जनालाई लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यता कैलालीबाट पनि लागुऔषधसहित तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट धनगढी–३ का २२ वर्षीय अविशेक सिजापतिलाई २८० मिलिग्राम लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो। सिजापतिलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यसैगरी भजनी नगरपलिका–३ कुसमघाटबाट घोडाघोडी नगरपलिका–१ नारायणपुरका २२ वर्षीय लक्ष्मीप्रसाद सापकोटा र २३ वर्षीय किरण जीसी पनि लागुऔषधसहित पक्राउ परेका छन्। एक ग्राम ११० मिलीग्राम लागूऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। साथै से २ प ४०८५ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ। बुधवार पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साढे ७ लाख मूल्यको अबैध सामान बरामद

कैलाली र कञ्चनपुरबाट प्रहरीले साढे ७ लाख मुल्यको अबैध सामान पनि बरामद गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२ सिसा पोष्ट र भजनी नगरपालिका–५ करुवाघाट करिब ९८ हजार १५० मुल्यको अबैध सामान बरामद गरिएको छ।

सुर्ती, विडी, सलाई, साडी, सुटपिस लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मतहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्क र बेलौरी नगरपालिका–६ भुराकोटबाट पनि अबैंध सामान बरामद गरिएको छ।

करिब ६ लाख ६१ हजार ५९० मुल्यको अबैध सामान बरामद गरिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले दुईवटा मोटरसाइकलसहित कोट, टि–सर्ट, भाडाबर्तन लगायतका सामान नियन्त्रणमा लिएको हो। तर अबैध सामान भित्र्याउने कार्यमा संलग्नहरु भने पक्राउ परेका छैनन्।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका