सुदूरपश्चिममा १५ दिनमा ८ जनाले गुमाए सवारी दुर्घटनामा ज्यान 



अत्तरियाः सुदूरपश्चिम प्रदेशभित्र यस वर्षको दशैंको अवधिमा मात्र सवारी दुर्घटनामा परेर ८ जनाले ज्यान गुमाएका छन्। दशैं सुरु भएको १५ दिनको अवधिमा ८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको पाइएको हो। सो अवधिमा एक सय २२ जना घाइते भएका छन्। दशैंको अवधिमा मात्र ४९ को संख्यामा सवारी दुर्घटना भएको अभिलेख छ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यहाँका पाँच जिल्लामा ४९ वटा सवारीसाधन दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्राफिक प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले दुर्घटनामा ८ जनाको मृत्युु र १२२ जना घाइते भएको बताए।

सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा २१/२१ वटा सवारीसाधन दुर्घटनामा परेको तथ्यांक छ। कैलालीमा चार जनाको मृत्यु हुँदा ५४ जना घाइते भएका छन् भने कञ्चनपुरमा दुई जनाको मृत्यु र ३७ घाइते भएका छन्।

बैतडीमा पाँचवटा सवारीसाधन दुर्घटना हुँदा एकको मृत्यु र १४ घाइते, दार्चुलामा एकको मृत्यु र १० जना घाइते, डडेल्धुरामा एउटा सवारीसाधन दुर्घटनामा ७ जना घाइते भएको अभिलेख छ। दसैंको बेला डोटी, बाजुरा, अछाम र बझाङमा भने सवारीसाधन दुर्घटना नभएको पाइएको छ।

झण्डै ९ लाख राजश्व संकलन

दसैंको अवधिमा प्रदेशभर ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट झण्डै ९ लाख रुपैयाँ राजश्व संकलन गरिएको छ। प्रदेशका नौवटै जिल्लामा ट्राफिक कारवाहीमा परेका सवारीसाधनबाट उक्त राजश्व संकलन गरिएको हो। सबैभन्दा बढी कैलालीबाट चार लाख ६७ हजार र कञ्चनपुरबाट एक लाख ३१ हजार राजश्व संकलन गरिएको छ।

बझाङमा ६५ हजार, डोटीमा ६४ हजार, डडेल्धुरा र बैतडीमा ३४/३४ हजार, दार्चुलामा ३२ हजार, अछाममा ३० हजार र बाजुरामा १६ हजार राजश्व संकलन गरिएको छ। ट्राफिक प्रहरीले सो अवधिमा कुल ८ लाख ७३ हजार राजस्व संकलन गरेको पाइएको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका