बझाङ घर भएका अर्जुन जापानबाट सम्पर्कविहीन 



बझाङ: बझाङ घर भएका एक जना युवक जापानबाट सम्पर्कविहीन भएका छन्। भोलि नेपाल आउँदै छुु भन्दै जापानबाट श्रीमतीलाई फोन गरेका बझाङका अर्जुनबाबु सुर्वणकार त्यसपछि सम्पर्कविहीन भएका हुन। जयपृथ्वी नगरपालिका–१०, बझाङका ३८ वर्षीय अर्जुन गत जेठमा मात्रै जापान गएका थिए। 

असोज २१ गते राति श्रीमती चम्फा देवीलाई सम्पर्क गरी भोलिपल्ट नेपाल आउने टिकट रहेको बताएका उनी त्यसयता सम्पर्कमा छैनन्। काम गर्न जापानको टोकियो पुगेका अर्जुनले त्यहाँ पुगेपछि आफू बिरामी भएको र काम गर्न नसक्ने भन्दै नेपाल आउन परिवारलाई खर्च पठाइमागेको उनका दाइ सन्तोषले जानकारी दिए।

‘भिडियो कल गरेर म यहाँ बस्न सक्दिन। मलाई खर्च पठाइदिनुपर्‍यो भन्यो, सन्तोषले भने, ‘हात, खुट्टा र मुख सुन्निएजस्तो देखिन्थ्यो। त्यसपछि नेपाल आउने खर्चस्वरूप एक लाख रुपैयाँ पठाएको थिएँ।

नेपाल आउने टिकट समेत काटिसकेका अर्जुन रहस्यमय तरिकाले सम्पर्कविहिन भएपछि परिवार चिन्तामा छन्। अर्जुनको खोजीका लागि सहयोग गर्न उनले सबैमा आग्रह गरेका छन्। -कान्तिपुरबाट

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका