कैलालीमा युवकमाथि चक्कु प्रहार गर्ने १० जना पक्राउ 



अत्तरिया: कैलालीमा एक युवकमाथि चक्कु प्रहार गर्ने १० जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–४ स्थित शुभम होटलमा खाना खाइरहेका बेला डडेल्धुराका गौरव ऐरमाथि चक्कु प्रहार गरेको घटनामा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले भारततर्फ भागिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–२ का सन्नी नेपालीसहितका १० जनालाई गएराति पक्राउ गरेको हो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

भारततर्फ भाग्दै गरेका उनीहरूलाई सीमा नाका नजिकैबाट पक्राउ गरिएको हो। पक्राउ परेका १० जना नै भारततर्फ भागिरहेका थिए। डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय ऐरमाथि आइतवार राति चक्कु प्रहार गरिएको थियो। उनलाई उपचारका लागि भारत लगिएको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका