जिल्ला अदालत कैलालीमा ३० हजार मिसिल जले 



अत्तरिया: प्रदर्शनकारीले २४ भदौमा जिल्ला अदालत कैलालीमा आगजनी र तोडफोड गर्दा क्षति पुगेको छ। जिल्ला अदालत कैलालीमा ३० हजार मिसिल जलेका छन्। अदालतका स्रेस्तेदार चेतराज पन्तका अनुसार अभिलेख कक्षमा राखिएका मुद्दाका मिसिल जलेका हुन्।

‘नष्ट भएका र बाँकी रहेका मिसिलको तथ्यांक संकलन भइरहेको छ,’ उनले भने। यो अदालतको प्रारम्भिक विवरण मात्र हो। जेनजी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा आगजनी, तोडफोड र लुटपाट हुँदा करिब ११ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान समेत गरिएको छ।

२९ भदौमा बसेको अदालतको पूर्ण बैठकले केही सेवा सुचारु गरेको थियो भने दोस्रो बैठकबाट थप सेवा सञ्चालनमा ल्याइएको हो।

अदालतका अनुसार यसअघि नै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता तथा सुनुवाइ, म्याद थप, पक्राउ पूर्जी अनुमति, जरुरी पक्राउ पूर्जी स्वीकृति, कल डिटेल अनुमति, अभियोग पत्रसहित उपस्थित गराइएका प्रतिवादीहरूको बयान र थुनछेकका काम हुँदै आएका थिए।

सूचनामा अदालतले तत्कालका लागि तारेख गुज्रिएका मुद्दा कायम नहुने र म्याद हदम्याद नगुज्रिने व्यवस्था कायम रहने उल्लेख गरेको छ। साथै, प्रचलित मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५९, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २२५ र सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासबाट ०७६–आरई–०३९२ को आदेशका आधारमा अर्को सूचना प्रकाशित भएपछि नियमित सेवा सुचारु गरिने पनि सूचनामा भनिएको थियोे।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि