कैलालीमा वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 



अत्तरिया: कैलालीमा वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सु्रक्षा भत्ता निकासा गरेर ७३ लाख अनियमितता गरेको अभियोगमा वडाध्यक्षसहितका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लाको जानकी गाउँपालिका–९ को वडा कार्यालयले ६८३ जना लाभग्राहीको आफैंले औंठा छाप लगाएर सामाजिक सुरक्षा भत्ता निकासा गरेर अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

जानकी गाउँपालिका–९ का वडाध्यक्ष खकेन्द्र भण्डारी समेतका ८ जनालाई प्रतिवादी बनाइएको भ्रष्टाचार मुद्दामा अख्तियारले ७३ लाख ३७ हजार ६२७ रुपैयाँ बिगो माग दाबी गरेको छ। अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा वडाध्यक्ष भण्डारी, वडासचिव प्रेमबहादुर बुढा र कार्यालय सहयोगी सोनम कठरीया समेतको योजनामा मृत्यु समेत भइसकेका लाभग्राहीको प्रत्येक वर्ष नवीकरण गराएर, नवीकरण नभएकाहरुको हकमा समेत आफैं औंठा छाप लगाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेर अनियमितता गरिएको उल्लेख छ।

वडासचिवले दाहिने हातको बुढी औंलाको औँठा छाप २८० र माझी औंलाको औठाछाप १९९ गरेर ४७९ थान औठाछाप लगाएको, कार्यालय सहयोेगी कठरीयाले दायाँ औलाको औठाछाप २०४ थानमा लगाएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षणबाट पुष्टि भएको उल्लेख छ।

नवीकरण गर्न नआएको व्यक्तिको हकमा झुट्टा विवरण बनाएर बजेट निकासा गरिएको दाबी छ। मृत्यु दर्ता भइसकेका व्यक्तिको नाममा मात्र सामाजिक सुरक्षा भत्ता वाफत १५ लाख ५० हजार रुपैयाँ बुझेको उल्लेख छ।

यो प्रकरणमा वडा सदस्यहरु कल्पना खड्का, सुनकोसा सार्की, बिजयबहादुर रावल, शेरबहादुर विश्वकर्मा, खरिदार पूर्णबहादुर बिष्ट समेतलाई प्रतिवादी बनाइएको छ। उनीहरुमध्ये वडाध्यक्ष, वडासचिव, तत्कालीन खरिदार र कार्यालय सहयोगीसँग बिगो माग दाबी गरिएको छ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि