अत्तरिया: कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको लम्कीचुवा नगरपालिका स्थित धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको हो।
आइतबार मलामी बोकेको ट्याक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन्। बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर आज दुर्घटना भएको हो।
दुर्घटनामा बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताए।
दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेबारे थप विवरण आउन बाँकी छ। ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस