अत्तरिया: बझाङ घर भएका एक युवकको कुटपिटबाट मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–५ डिलबगरका २० वर्षीय अभिशेष थापाको मृत्यु भएको हो।
कात्तिक २ गते साँझ मृतक थापालाई स्थानीय युवाको समूहले कुटपिट गरेको आरोप छ। कुटपिटबाट गम्भीर घाइते भएका अभिशेषको बझाङमा उपचार हुन नसकेपछि धनगढी ल्याइएको थियो। धनगढीस्थित निर्सग अस्पतालले उनलाई सोमबार मृत घोषणा गरेको हो।
घटनामा संलग्न रहेको भन्दै नेपाली सेनाका सिपाही प्रचण्ड थापा, सोही गाउँका अनिल थापा र खगेन्द्र जोशीलाई ३ गते नियन्त्रणमा लिएको बझाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
नेपाली सेनाका जवानसहितका स्थानीय युवाकाे कुटपिटबाट घाइते भएका युवककाे मृत्यु भएको हाे।आइतबार राति गत वर्ष गाउँमा भएको भलिबल प्रतियोगितामा भएको विवादको विषयलाई लिएर भएको भनाभनमा उनलाई कुटपिट गरिएको प्रहरीले जनाएको छ।
घरबिदामा आएका सेनाकाे ईन्द्रध्वज गण सिन्धुपाल्चोकमा कार्यरत सिपाही प्रचण्ड थापा, सोही गाउँका अनिल थापा र खगेन्द्र जोशीले उनलाई कुटपिट गरेकाे प्रहरीले जनाएकाे छ। काठमाडाैंमा अध्ययनरत मृतक अभिशेष तिहार बिदामा घर आएको बताइएको छ।








प्रतिक्रिया दिनुहोस