धनगढीमा सालको पातले सरिता बनिन् सफल उद्यमी 



धनगढी: कैलालीको धनगढीस्थित फूलबारीमा छ ‘न्यू फूलबारी दुना टपरी उद्योग’। सो उद्योगकी सञ्चालक हुन् सरिता बुढामगर। सुरुमा उनले ५० हजार रुपैयाँबाट काम सुरु गरेकी थिइन्ग। सुरुमा हातले नै दुना, टपरी बनाएर विक्री गरेको उनले बताइन्।

अहिले उनको लगानी १५ लाख पुगेको छ। चारवटा मेसिन छन् र आफ्नै भवन निर्माण गरेकी छन्। कुनै बेला भारतमा मजदुरी गर्ने उनका श्रीमान् अहिले उद्योगको काममा सघाउँछन्। उनको उद्योगले गाउँका ५०–६० जना महिलालाई रोजगारी दिएको छ। यी महिला नजिकैको जनकल्याण र भारताल सामुदायिक वनबाट पात टिपेर ल्याउँछन्। घरमै सुकाएर सिन्काले जोडेर लाफा बनाउँछन् र सरितालाई बेच्छन्।

उद्योगमा काम गर्ने महिलाले उत्पादनको आधारमा पैसा पाउँछन्। एक दुना बनाएबापत १५ पैसा र टपरीको २५ पैसा दिइन्छ। सरिताको उद्योगमा बनेका दुना–टपरी सुदूरपश्चिमका विभिन्न जिल्लामा पुग्छन्। सानो साइजको ८० पैसादेखि ३ रुपैयाँ पर्ने थालीसम्म यहाँ बन्छन्। पहिले बुटवलबाट आउने दुना–टपरीलाई अहिले सरिताको उत्पादनले विस्थापित गरेको छ। त्यसैगरी भारतबाट आउने दुना, टपरी लगायत यस्तै प्रकारका प्लाष्टिकका सामानमा पनि रोक लागेको छ।

प्लाष्टिकका भाँडाको विकल्प धनगढीमा दुना, टपरी मानिएको छ। यसले दुना, टपरीको माग बढाएको छ। पूजा पसल, चाउमिन–पानीपुरीका ठेला, होमस्टे र डिपार्टमेन्टल स्टोरहरू उनका नियमित ग्राहक हुन्। प्लास्टिक निषेध गरिएका कार्यालय र स्कुलहरूमा पनि उनको उत्पादनको माग बढ्दो छ।

सरिताको सफलताको कदर गर्दै धनगढी उपमहानगरपालिकाले उनलाई ‘सफल महिला उद्यमी’का रूपमा सम्मान गरेको छ। केही वर्षअघि सांसद विकास कोषबाट उद्योगको भवन बनाउन उनले सात लाख रुपैयाँ अनुदान पनि पाइन्।

सरिताको सफलताले अरू महिलालाई पनि प्रेरित गरेको छ। सरिता अब उद्योगीमात्र होइन, प्रशिक्षक पनि बनेकी छन्। उनले अछामको साँफेबगर, पञ्चदेवल विनायक र डोटीको जोरायलजस्ता ठाउँहरूमा पुगेर दुना–टपरी बनाउने तालिम दिइसकेकी छन्।

वार्षिक १५ लाख रुपैयाँसम्मको कारोबार गर्ने सरिताको कमाइले घरखर्च राम्ररी चलेको छ। छोरीहरू पनि उनको काममा सघाउँछन्। अब उनी यो व्यवसायको जिम्मा छोरीहरूलाई सुम्पिने सोचमा छिन्।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि