अत्तरिया: दशैं र तिहारको समयमा कैलाली र कञ्चनपुरबाट १५१ जना जुवाडे पक्राउ परेका छन्। दुवै जिल्लाका विभिन्न स्थानबाट ठूलो संख्यामा जुवाडेहरू पक्राउ परेका हुन्। साथै प्रहरीले लाखौं रुपैयाँ जुवाखालबाटै बरामद समेत गरेको अभिलेख छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराका अनुसार असोज १ गतेदेखि हालसम्म जुवातास सम्बन्धि १३ वटा मुद्दा चलाइएका छन्।
यस्तै दसैंतिहारको समयमा मात्रै १०४ जना जुवाडे पक्राउ परेकोमा ६ लाख ७४ हजार ५ सय ३१ रुपैयाँ बरामद गरिएको उनले बताए।
सोही अवधिसम्म कैलालीमा ५ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ। सो अवधिमा ४७ जना जुवाडे पक्राउ परेकोमा ४ लाख ६८ हजार ७७० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस