कैलाली प्रहरीले चोरी गरेका गरगहना सम्बन्धीत धनीलाई बुझायाे 



धनगढी: कैलाली प्रहरीले चोरी गरेका गरगहना सम्बन्धीत धनीलाई बुझाएकाे छ । भारतकाे बेङ्गलुर शहर कर्नाटक बस्ने एस रमेश बाबुको घरमा सन् 2025.05.28 तारेखका दिन नेपाली कामदारहरु कालीकोट नरहरीनाथ गाउँपालिकन-२ का उदय बिष्टसहितले उनको घरमा राखेका गरगहना तथा नगद चोरी गरेको भन्दै भारतीय प्रहरी जाहेरीसहित कैलाली प्रहरीमा कार्यालयमा सम्पर्क राख्न आएपछि सो घटनाकाे अनुसन्धान गरिएको थियो । चोरीमा संलग्न कालीकोट नरहरीनाथ गाउपालिका-२ बस्ने बर्ष ४६ उदय बिष्ट र वर्ष ४५ को भैरे बिष्टलाई पक्राउ गरी अनुसन्धान गर्दा उनीहरुले चोरी गरेकाे गरगहना आफ्नो हिस्सामा परेको गरगहना लम्की-चुहा नगरपालिका वडा नम्बर १ बस्ने बर्ष ३० को पदम सुनारलाई बिक्री गरेको खुल्न आएकाे हो । उनलाई समेत पक्राउ गरी नगदसहित प्रहरीले गरगहना बरामद गरी आज स्थानिय जन-प्रतिनिधी समेतको रोहबरमा सम्बन्धीत धनी एस रमेश बाबुलाई बुझाईएको छ । सुनकाे चुरा थान-९, सुनकाे पदार्थ ४६४ ग्राम, सुनकाे सानाठुला टुक्रा थान-२३, २१६ ग्राम सुनका र ४०० ग्राम चाँदीका अन्य बिभिन्न किसिमका गरगहनाहरु, भारतिय मुद्रा ४४,१२१, नेपाली १२,९२,३२० र बिभिन्न देशका बिदेशी रकम १५,४६५ प्रहरीले फेला पारेकाे थियो ।

-->

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि