धनगढी: नेपाल निबृत शिक्षक समाज कैलालीले गुरु पूर्णिमा तथा आफ्नो स्थापना दिवसको अवसरमा बिहीबार धनगढीमा पूर्व शिक्षकहरुलाई सम्मान गरेको छ ।
नेपाल निबृत शिक्षक समाज कैलालीका अध्यक्ष डिल्लीराज जोशीका अनुसार ७० बर्ष उमेर पुगेका सेवा निबृत शिक्षकहरुलाई सम्मान गरिएको हो ।
निबृत शिक्षक समाज स्थापना दिवसको अवसर पारेर पूर्व शिक्षकहरु महेश्वर पाठक, खेमराज पाण्डेय, प्रेमराज उपाध्याय, हरिहर पन्त, खगेन्द्र चटौत, यादव प्रसाद जोशी, कृष्ण चन्द्र लालकर्ण, दीपक बहादुर सिंह र मञ्जु उपाध्यायलाई सम्मान गरेको हो ।
शिक्षक सम्मान कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले सेवा निबृत भएका शिक्षकहरुसंग शिक्षणको अनुभवसंगै समाजका बिभिन्न पक्षहरुको ज्ञान समेत रहेकोले निबृत शिक्षकहरुको अनुभवबाट नया पुस्ताका शिक्षक र विद्यार्थीहरुले धेरै लाभ लिनसक्ने बताए ।
लामो समय शिक्षण पेशामा रहेका पूर्व सासंद महेश्वर पाठकले शिक्षकले पढाउँदा पढाउँदै समाज परिवर्तनका लागि पनि काम गरेको बताए । धनगढी नगरपालिकाका पूर्व नगर प्रमुख खेमराज पाण्डेयले आफु अहिले पनि पढाइरहेको बताए ।
पञ्चोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक यादवप्रसाद जोशी र पदमसिंह कुँवरले आफुहरुले प्राप्त गरेको अनुभव नया पुस्तामा बाड्न आफुहरु जहिले पनि तयार रहेको बताए ।
| 603 |








प्रतिक्रिया दिनुहोस