गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन 



महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार लेनको बनाउने विषयमा कञ्चनपुरको गड्डाचौकीदेखि स्थलगत अनुगमन सुरु गरिएको हो। गड्डाचौकी–अत्तरिया सडकलाई स्तरोन्नी गरि चार लेनको बनाउन सडक विभाग र दातृ निकाय विश्व बैंकको संयुक्त टोलीले बुधबारदेखि स्थलगत अनुगमन तथा अध्ययन सुरु गरेको हो।

यहाँस्थित सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले राजमार्ग विस्तारका लागि माथिल्लो निकायले स्थलगत अनुगमन सुरु गरेको बताउँदै त्यसको विस्तृत परियोजना प्रतिवेदन बनाउने चरणमा प्रवेश गरिरहेको जानकारी गराए।

“पश्चिमीनाका गड्डाचौकीदेखि कैलालीको अत्तरियासम्म ४५ किलोमिटर सडक खण्ड चार लेन बनाउने विषयको अध्ययनका लागि सडक विभागका उप महानिर्देशक अर्जुनप्रसाद अर्याल नेतृत्वको विश्व बैंकका प्रतिनिधीसहितको टोली यहाँ आएको हो।” डिभिजन प्रमुख यादवले भने, “अब सडक विभागले तीन महिनामा परामर्शदाता छनौट गरी काम अघि बढाउछ, यसका दातृ निकाय सकरात्मक छन्।”

उनले छिट्टै परामर्शदाता छनौट गरेर डिजाइनको काम अघि बढ्नेमा आशावादी रहेको बताए। “यसअघि पनि दुर्घटना न्युनीकरणका लागि सडक डिभिजनले राजमार्गमा पर्ने चोक र स–साना बजार क्षेत्रमा स्तरोन्नतीको काम गरिरहेको थियो।” यादवले भने “हालसम्म यहाँ दुई किलोमिटर जति सडक चोक क्षेत्रमा स्तरोन्नती भयो।”

त्यसैगरी सडक विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले कपिलबस्तुको चन्द्रौटादेखि गड्डाचौकीसम्मको राजमार्गको भाग स्तरोन्नती गर्न बाँकी रहेको बताए। “भविष्यको योजनाको तयारी छ। त्यसका लागि अनुगमनका क्रममा छौं।”

उनले भने “यो बाँकी सडक एडिबी र विश्व बैंक, दुई साझेदार संस्थाको सहयोगमा स्तरोन्नती गर्ने योजना छ। दुवैको सल्लाह र सहमती अनुसार डिजाइन तथा अध्ययन गर्छौ।” उनले तत्काल डिपिआर बनाएर काम अघि बढाइने बताए।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका