अत्तरिया: डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण शंकर यादवलाई घुससहित अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
यादवले घुसवापत लिएको नगद ७ लाख ३१ हजार रूपैयाँ समेत बरामद गरिएको छ । यादवलाई अख्तियारको टोलीले धनगढीस्थित डिभिजन वन कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
वरिष्ठ वन अधिकृत यादवले कैलालीको चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपूर्जीको लागि सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट घुसररिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित डिभिजन वन कार्यालय, धनगढीबाट आज नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ अख्तियारले जनाएको छ।








प्रतिक्रिया दिनुहोस