नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जितालाई २४ घण्टे अल्टिमेटम 



 धनगढी: नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई २४ घण्टे अल्टिमेटम दिएका छन् । 

शुक्रबार केन्द्रीय कमिटीका १२ जना सदस्यहरुले विधानको दफा ४१ को उपदफा ६ अनुसार पार्टी अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समितिको बैठक बोलाउन अल्टिमेटम दिएका हुन । नागरिक उन्मुक्तिमा रञ्जिता श्रेष्ठ अध्यक्ष छिन् भने अन्य २० जना केन्द्रीय सदस्य छन् ।

बैठक बोलाउन माग गर्दै अल्टिमेटम दिने निर्णयमा केन्द्रीय सदस्यहरु पुन्नबहादुर बुढा, विपतराम डगौरा, आलोक चौधरी, गंगाराम चौधरी डगौरा, ओसिनकुमारी चौधरी, उर्मिला चौधरी, लालविर चौधरी, लक्ष्यबहादुर चौधरी, बलवीर थारु, विना थारु र रामलाल डगौरा थारुले हस्ताक्षर गरेका छन् ।

पटकपटक आग्रह गर्दा पनि बैठक नबोलाएको भन्दै उनीहरुले २४ घण्टाभित्र बैठक नबोलाएमा साउन ११ गते आइतबार पार्टी केन्द्रीय समितिको बैठक गरेर आवश्यक निर्णय गर्ने चेतावनी पनि अध्यक्ष श्रेष्ठलाई दिएका छन् ।

लामो समयदेखि आन्तरिक झमेला झेल्दै आएको नाउपा फेरि अर्को बखेडामा छ । अध्यक्ष चौधरीले बैठक नबोलाएको भन्दै यसअघि प्रतिनिधिसभाको संसदीय दलले बैठक आह्वान गरेको थियो ।

संसदीय दलका नेता गंगाराम चौधरीको अध्यक्षतामा साउन ३ गते शनिबारको बैठकले साउन ९ र १० गते पार्टी केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय गरेको थियो ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि