७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’ 



अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको योजनालाई अघि बढाइएको छ। कञ्चनपुरको दोधारा–चाँदनीमा आईसीपी निर्माणका लागि ७ अर्व खर्च हुनेछ। सडक मार्गमा आधारित संरचना निर्माण गरेर सुदूरपश्चिमबाट आयात निर्यातका आईसीपी निर्माण गरिन लागेको हो। आईसीपी निर्माणले सुदूरपश्चिममा व्यापारको ढोका खुल्ने अपेक्षा गरिएको छ।

कञ्चनपुरको दोधारा–चाँदनीबाट भारतको ठूलो औद्योगिक क्षेत्र रुद्रपुर ९३ किलोमिटर टाढा छ। तर कञ्चनपुरका व्यवसायीले दोधारा-चाँदनी नाका भएर रुद्रपुरसँग व्यापारिक नाता कायम गर्न पाएका छैनन्। सुदूरपश्चिमका व्यवसायीले व्यापारका लागि २३१ किलोमिटर टाढाको नेपालगन्ज पुग्नुपर्छ। दोधारा–चाँदनीमा आईसीपी निर्माण भए यस्तो बाध्यता सधाका लागि अन्त्य हुनेछ। भारतको लगानीमा आईसीपी बन्न लागेको हो।

भारतीय दूतावासको ‘विकास साझेदारी एवं पुनर्निर्माण प्रभाग’मार्फत बन्ने आईसीपीका लागि नेपाल सरकारले गठन गरेको इन्टर मोडेल यातायात विकास समितिले समन्वय गरिरहेको छ। दोधारा-चाँदनीमा बन्ने संरचनाका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्न २०७८ असार २५ गते वन तथा वातावरण मन्त्रालयले सहमति प्रदान गरेको थियो।

दोधारा–चाँदनीमा भन्सारको लागि प्रशासनिक भवन, पर्खाल तथा तारबार, सम्पर्क सडक, पार्किङ, गोदाम, क्वारेन्टाइन चेकपोस्ट बन्नेछन्। त्यसैगरी, सुरक्षा पोस्ट, अध्यागमन, बैंक, हुलाक, चमेनागृह, खानेपानी, शौचालयलगायत पूर्वाधार बन्ने छन्। समितिले २०७७ चैत २५ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको मास्टर प्लानमा त्यहाँ रेल्वे सेवासहित सुक्खा बन्दरगाह बनाउने प्रस्ताव थियो।

जसको लागि त्यतिबेला करिब १५ अर्ब लागत अनुमान गरिएको थियो। तर रेलको साटो सडक मार्गमा आधारित संरचना बनाउँदा ७ अर्ब लागत लाग्ने अनुमान गरिएको थियो। अहिले सडक मार्गमा आधारित संरचना बन्न भारतसँग समझदारी भएको छ। दोधारा-चाँदनी नगरपालिका–१ को चाँदनीमा पर्ने सामुदायिक वनमातहत क्षेत्रमा यो संरचना बन्न लागेको हो।

सुदूरपश्चिमको विकासको ढोका खोल्ने भन्दै निजी क्षेत्रले २०५२ सालदेखि आईसीपी बनाउन माग गर्दै आएको छ। आईसीपी बनेपछि दोधारा–चाँदनी नाकाले महेन्द्रनगरलाई मात्र नभई सुदूरपश्चिमलाई नै रुद्रपुरसँगको व्यापारमा जोड्ने निजी क्षेत्रको अपेक्षा छ। नेपालतिर महाकालीमा पुल बनेजस्तै भारततिर पनि सडकहरूको स्तरोन्नति भइरहेको दोधारा–चाँदनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बुले बताए।

नाका सञ्चालनसँगै सुदूरपश्चिमको जडीबुटी, खनिज, फलफूलजस्ता वस्तु निर्यातको लागि सम्भावना खुल्नेछ। नेपालको व्यापार अहिले कोलकातासँग निर्भर रहेकोमा दिल्लीसँगको व्यापारिक सम्बन्ध यस नाकाले सहज बनाउने अपेक्षा गरिएको छ। भारतको सबै बन्दरगाहसँग रेलमार्फत जोडिएको दिल्ली दोधारा–चाँदनीबाट करिब ३२५ किलोमिटरको दूरीमा छ।

दोधारा–चाँदनीमा आईसीपी शुरू भएपछि त्यहाँबाट, नेपालको व्यापारको लागि प्रस्तावित गुजरातको मुन्द्रा बन्दरगाह पनि करिब साढे १४ सय किलोमिटर दूरीमा पर्छ। उक्त नाका बनेपछि मुन्द्रा बन्दरगाह नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि प्रयोग गर्न पाउने योजना पनि साकार हुने निजी क्षेत्रको भनाई छ। यस योजनालाई सरकारले २०७७ वैशाख ३ मा राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको सूचीमा सामेल गरेको थियो।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि