कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली 



धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक किलो चाँदीसहित चार नेपाली नागरिक पक्राउ परेका छन्। कैलाली, बर्दिया र सुर्खेत घर भएका उनीहरूलाई भारतीय प्रहरीले मङ्गलवार साँझ नेपाल प्रवेश गर्ने क्रममा पक्राउ गरेको हो।

नेपाल–भारत सीमा रहेको बिओपी गौरीफन्टा चेकपोष्टमा खटिएको प्रहरी टोलीले भारतको महाराष्ट्र क्राइम ब्रान्चको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बर्दियाको गेरूवा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय दीपकबहादुर सिंह, सुर्खेतको साविक बिजौरा(५ का ३७ वर्षीय भुवनसिंह चलाउने, कैलालीको दरख-२ का ४७ वर्षीय जीवनकुमार थारु र कैलालीको बलिया-३ का ५६ वर्षीय खेमराज देवकोटा रहेको भारतीय प्रहरीले जनाएको छ। 

भारतीय प्रहरीका अनुसार उनीहरूबाट ५२.९ तोला सुन र ७८०.८ ग्राम चाँदी बरामद गरिएको हो। प्रारम्भिक अनुसन्धानमा उनीहरूले महाराष्ट्रको आभुषण पसलबाट सुन र चाँदीका गरगहना चोरी गरी नेपालतर्फ ल्याएको खुलेको प्रहरीले जनाएको छ।

चारै जनालाई थप अनुसन्धानका लागि क्राइम ब्रान्च र गौरीफन्टा प्रहरीले भारतको लखिमपुर खिरी पठाएको बताइएको छ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि