धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र 



धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच बस्तीमा रहेको इन्धन डिपोका कारण ८७ घरधुरीका पाँच सय व्यक्ति जोखिममा रहेको भन्दै डिपो अन्तै सार्न ज्ञापनत्र बुझाइएको हो। नेपाल आयल निगमको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको प्रक्रिया अघि बढाउन स्थानीयले दबाब दिएका छन्। उक्त डिपो स्थानान्तरणको प्रक्रिया तत्काल अघि बढाउन स्थानीयले प्रादेशिक प्रमुख हरिदत्त जोशीलाई ज्ञापनपत्र बुझाएका हुन्।

धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित डिपो स्थानान्तरणका लागि दुई वर्षदेखि काम भइरहेको भए पनि हालसम्म कुनै परिणाम नदेखिएपछि स्थानीय आन्दोलित भएका हुन्। शुभकामना टोल विकास संस्थाका अध्यक्ष दीर्घराज ओझाको नेतृत्वमा ज्ञापनपत्र बुझाउँदै स्थानीयले १५ दिनभित्र डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग गरेका छन्। घनाबस्तीबीचमा रहेको डिपोका कारण सुरक्षा संवेदनशीलता बढेकाले तत्काल डिपो सार्न निगम व्यवस्थापन गम्भीर हुनुपर्ने स्थानीयको भनाइ छ।

निगमलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, “स्थानीयको माग सम्बोधन नभएमा १५ दिनपछि सम्पूर्ण टोलवासी र निगमसँग जोडिएका व्यवसायी चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौँ।” उक्त ज्ञापनपत्रका सम्बन्धमा कैलाली जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय तथा धनगढी उपमहानगरपालिकालाई जानकारी गराइएको टोल विकास संस्थाका अध्यक्ष ओझाले बताए। शुभकामना टोलमा ८७  घरधुरीमा ५ सय भन्दा बढी व्यक्तिको बसोबास रहेको छ।

पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठूलठूला ट्यांक नजिकै भएको र डिपोबाट इन्धन लोडअनलोड भइरहँदा घरमा आगो बाल्न पनि डराउनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ । केही वर्ष पहिले जङ्गल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ। धनगढी–अत्तरिया सडक खण्डमा रहेको डिपो अगाडिबाट दैनिक हजारौँ सवारीसाधन गुड्छन्। नजिकै धनगढी नेत्रालय, सिपी अस्पतालसहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक भवन छन्।

स्थानीय र सरोकारवालाको दबाबपछि निगमले यसअघि नै धनगढीको डिपो स्थानान्तरण गर्ने योजना बनाएको थियो। सुदूरपश्चिम प्रादेशिक डिपो स्थानान्तरणका लागि उपयुक्त जग्गाको खोजी भइरहेको निगमले स्पष्ट पारेको छ। निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिकाप्रसाद भट्टले जग्गा पहिचानको काम भइरहेको र उपयुक्त जग्गा भेट्टिनेबित्तिकै स्थानान्तरणको प्रक्रिया अघि बढ्ने बताए। 

एक बिघा ८ कठ्ठामा फैलिएको उक्त डिपोमा अहिले डिजेल भण्डारणका लागि ७६० किलोलिटरका दुईवटा भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्क तथा पेट्रोल भण्डारणका लागि ७६० किलोलिटरको एक भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्कसहितको संरचना छन्। धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ।

२०३७ सालमा स्थापना भएको सो डिपो अन्य प्रादेशिक डिपोको तुलनामा कम क्षेत्रफलमा सञ्चालनमा छ। उक्त डिपोबाट अहिले दैनिक एक सय किलोलिटर पेट्रोल, तीन सय किलोलिटर डिजेल तथा न्यूनमात्रामा मट्टितेल बिक्री हुँदै आएको छ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि