नेपालमा खनखन पैसा गन्ने दिन हराउँदै 



काठमाडौँ: खनखन नगद गनेर दिने र सामान किन्ने दृश्य अब मल र मार्टमा मात्रै हैन किराना पसलदेखि तरकारी पसलसम्म र पान पसलदेखि ठेलासम्मै देखिन कम भइसक्यो ।

देशका मुख्य सहरका सानादेखि ठूला पसलमा क्यूआर देखिनु सामान्य भइसक्यो । अनि सामान किनेपछि पर्सभन्दा पहिले मोबाइल तेर्साउने चलन पनि अब सामान्य हुन थालिसक्यो । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्ला महिनामा साना र खुद्रा भुक्तानीका लागि सहज मानिने क्यूआर भुक्तानी उच्च दरले बढेको छ ।

राष्ट्र बैंकका अनुसार गत जेठमा क्यूआर कोडमार्फत ३ करोड ५१ लाख ४६ हजार ३८ पटकमा ९३ अर्ब ४७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको जेठमा १ करोड १२ लाख ५७ हजार पटकमा ५३ अर्ब ८८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यही तथ्याकं काफी छ, क्यूआरमार्फत कारोबार हुने क्रम कति तीव्र गतिमा बढेको छ भनेर बुझाउन ।

मोबाइलको बढ्दो प्रयोग र इन्टरनेटको पहुँच बढेसँगै पछिल्ला महिनामा मुलुकभर विद्युतीय भुक्तानी कारोबार उल्लेख्य रूपमा बढेको हो । यस अवधिमा विद्युतीय भुक्तानीको संख्या र रकम दुवै बढ्नुले पनि डिजिटल कारोबार अब नेपालीका जीवनशैली बन्न थालेको संकेत गर्दछ ।

राष्ट्र बैंकको जेठ महिनाको मासिक प्रतिवेदनमा भनिएको छ, ‘विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको छ,’ अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष विद्युतीय भुक्तानी सेवा, आईपीएस, कनेक्ट आईपीएस, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट र क्यूआरमार्फतको भुक्तानी तथा प्रयोगकर्ताको संख्या पनि बढेको छ ।

राष्ट्र बैंकले पनि सर्वसाधारणबाट ठूलो रकमको कारोबार सधैं नहुने भएकाले दैनिक जीविका चलाउनेदेखि आधारभूत आवश्यकता पूरा गर्न हुने स(साना कारोबार पनि क्यूआर कोडबाटै होस भनेर प्राथिमकतामा राखेको छ।

‘घरपरिवारले दैनिक दूध, तरकारी, फलफूल, लत्ताकपडालगायत वस्तु तथा सेवा खरिदमा क्यूआर कोड प्रयोग गर्न सक्छन्,’ राष्ट्र बैंकका प्रवक्ता एंव भुक्तानी प्रणाली विभाग प्रमुख किरण पण्डितले भने, ‘क्यूआर कोर्डमा आधारित कारोबारको थप विस्तारका लागि राष्ट्र बैंकले पनि सहजिकरण गर्दै आएको छ ।’

राष्ट्र बैंकले यसका लागि बैंक तथा वित्तीय संस्थालाई आग्रहसँगै सहजीकरण पनि गरिरहेको छ । सोही क्रममा राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीले करिब चार वर्षअघि काठमाडौं उपत्यकाका आधा दर्जनभन्दा बढी स्थानमा क्यूआर कोड कारोबारको शुभारम्भ गरेका थिए ।

हाल प्रदेशस्तरमा पनि विभिन्न स्थानमा यो कारोबार विस्तार भएको बताइएको छ । यसले पनि क्यूआर कोडमा आधारित कारोबार विस्तार राष्ट्र बैंकको प्राथमिकतामा परेको पुष्टि हुन्छ । विद्युतीय भुक्तानीमा क्यूआर कोडमार्फत हुने भुक्तानीलाई व्यवस्थित गर्न यससम्बन्धी मापदण्डको मस्यौदा राष्ट्र बैंकले तयार पारेको छ ।

विश्व बैंकले गत साता सार्वजनिक गरेको ‘ग्लोबल फिन्डेक्स २०२५’ प्रतिवेदनले पनि नेपालमा डिजिटल कारोबार बढिरहेको उल्लेख गरेको छ । यस प्रतिवेदनमा नेपालमा ५८ प्रतिशत पुरुषले डिजिटल भुक्तानी विधि प्रयोग गर्ने गरेकामा महिला प्रयोगकर्ताको संख्या ३६ प्रतिशत मात्रै छ । सरकारी सेवादेखि निजी सेवा लिनसम्म र सेवा शुल्क तिर्न समेत अनलाइनमा भुक्तानी गर्ने प्रणाली जीवनशैलीकै अंग बन्न थालेको छ ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि