पैसा त चाहियो, सुखले कमाउने वा दुःखले, मेहनतले कमाउने वा चलाखीले, आफ्नो पसिनाले कमाउने वा अरूको पसिनाले । कुरा यत्ति हो, बाँकी पैसाविना बाँच्ने आधार न त छ, न भविष्यमा हुने छ ।
समाजसेवा, देशसेवा जे जस्तो भनिए पनि तलब–भत्ताविना कसैले कतै काम गरेको पाइँदैन र त्यो गर्नु पनि हुँदैन । हरेक व्यक्ति केवल पैसाका कारणले उचाइमा पुग्दैन तर उसलाई उचाइमा पुर्याउनुमा पैसाको भूमिका हुन्छ । अहम् भूमिका पैसाको नहोला परन्तु पैसा भूमिकाविहीन छैन ।
पैसाले उचाइमा पुर्याउने मात्र होइन, यसमा गरिएको अधिकतम लोभले मानिसलाई उचाइबाट गिराउँछ पनि । नायकहरू जसले समाजलाई केही दिएर गए वा कोही जीवित नै छन्, हुन सक्छ, उनीहरूको सामान्य जीवन पैसाको कमीमा बितेको थियो । पैसा जिन्दगीको नायक र खलनायक दुवैको कारक हो । यसको प्रयोगबाट नायक बन्ने वा खलनायक बन्ने भन्ने कुरा मानव व्यवहारमा निर्भर रहन्छ ।
परन्तु पैसाविनाको जिन्दगीले संघर्ष सिकाउँछ र पछि धनी बन्ने बाटो खोल्छ भने पैसा प्रचुरताको जिन्दगीले मानवलाई संघर्षविमुख बनाउँछ भन्ने तर्क पनि छ । तर, आम मानिसको जिन्दगी पैसाविना सम्भव छैन ।
पैसाको कमी हुनु र पैसाको चाहना नहुनु दुई अलग कुरा हुन् । युनानका दार्शनिक डायोजिनेसले पैसा अथवा भौतिक कुरालाई कहिल्यै महत्व दिएनन् । एकपटक युनानका राजा सिकन्दरले उनलाई दरबारमा बोलाए । डायोजिनेसले भने, ‘राजासँग मेरो केही काम छैन, यदि उनको काम छ भने मलाई भेट्न आए हुन्छ ।’ यो सुनेर सिकन्दर चकित भए जहाँ उनको इशारामा बजारका धनाढ्य, एलिट वर्ग सबै उनको वरिपरि धाउँथे, एक सामान्य फकिरले वास्ता गरेन । सिकन्दर आफै उनलाई भेट्न गए । उनी नदीको किनारमा घाम तापेर बसेका थिए।
राजाले सोधे, ‘के छ रु’ फकिरले भन्यो, ‘ठीक छ ।’ राजाले सोधे, ‘मलाई चिन्छौ रु’ फकिरले भन्यो, ‘चिन्छु, तपाईं बादशाह हो ।’ फेरि राजाले सोधे, ‘कसरी चिन्यौ रु’ फकिरले भन्यो, ‘बोलीको सामन्तीपनले ।’ राजाले भने, ‘मबाट केही चाहन्छौ रु’ फकिरले भन्यो, ‘चाहन्छु । म यहाँ घाम तापिरहेको छु, कृपया यो घाम नछेकिदिनुहोस् ।’
यस्तो पनि कहानी छ । आज हजारौं के लाखौं व्यक्ति राजा, नेताको पछि केही पाउनका लागि लागिपरेका छन् । कसैलाई बाँच्नु परेको छ, साँच्नु परेको छ, हाँस्नु परेको छ, कतै पुग्नु परेको छ, केही बन्नु परेको छ, कसैमाथि बदला लिनु परेको छ । यस्तोमा चाकडी एक अहम् माध्यम बनेको छ । पैसा कमाउने, पद पाउने, हैकम जमाउने, ठूलो र शक्तिशाली बन्ने चाहना हरेक व्यक्तिमा छ । हरेक व्यक्ति शक्तिशाली बन्न सक्दैन तर हरेक व्यक्ति सम्पन्नशाली अर्थात् धनी बन्न सक्छ ।
दुनियाँमा पद सीमित हुन्छन्, त्यसको दाँजोमा पैसा कमाउने गोरेटाहरू धेरै हुन सक्छन् । एउटा देशभित्र पदले मानिसलाई उँचो देखाउँछ तर धनले विश्वभरमा उँचो देखाउँछ । विश्वका धेरै मानिसले विश्वका सबैभन्दा धनी मानिसका नाम सम्झन सक्छन् तर केही देशका राष्ट्रप्रमुखबाहेक अरूको नाम जान्न मुस्किल हुन्छ । ट्रम्प, पुटिन, सी जिनपिङभन्दा एलन मस्क, गेट्स, बेजोसको नाम बढी प्रचलित छ ।
किन रुकिनकि मानिसलाई बाँच्नका लागि नाम, राजनीति, शक्तिभन्दा बढी धनको आवश्यकता पर्छ । जुन चीज बढी आवश्यक छ, त्यसैसँग सम्बद्ध कुरा अधिकांशको मनमा आउँछ । ८ अर्बको विश्वमा १०–२० करोडलाई छोडेर बाँकीलाई धनको आवश्यकता छ । यही कारणले गर्दा ७ अर्ब मानिसको माझमा धन आज पनि सबैभन्दा प्यारो वस्तु हो । बाँकी रहेका १०–२० करोडको माझमा पद, प्रतिष्ठा मुख्य आकर्षण बन्न सक्छ ।
एक जमाना थियो, राजा–महाराजालाई गाउँ, शहर, टोल–गल्लीमा जयजयकारको नारा लगाइन्थ्यो । अहिले अमुक–अमुक पार्टीका नेता, सरकारका पदाधिकारी, उच्च पदस्थ कर्मचारीको जयजयकार गरिन्छ । दरबारमा वा पार्टीको मुख्य कार्यालयमा बसेकाहरूले सुन्छन्, ‘केही देलान्’ भनेर गरिएको जयजयकार होइन यो । त्यही वरिपरि बसेकाले सुनून् र फलानाको तार ९लिंक० यति माथिसम्म रहेछ भन्ने जानून्, मसँग डराऊन् भन्ने मनोभावले गाउँका चलाखहरूले पदासीनको जयजयकार गर्ने गर्छन् ।
यो आजबाट होइन, युगौँदेखि चलिरहेको छ । पदमा पुग्न चाहने, पदका लागि चाकडी गर्नेहरूले पनि पद पैसा कमाउनकै लागि खोजिरहेका हुन्छन् । सीधा वा घुमाउरो जुन कोणबाट हेर्दा पनि मानव, धन र धानका लागि मरिमेट्छ । धन कसैले कमाउँछ, कसैले हडप्छ । फरक यत्ति हो ।
समाजसेवा, देशसेवा जे जस्तो भनिए पनि तलब–भत्ताविना कसैले कतै काम गरेको पाइँदैन र त्यो गर्नु पनि हुँदैन । मानव चाहना, अन्तरआत्मा पैसासँग जोडिएको छ । विना पैसा न रुन सकिन्छ न हाँस्न सकिन्छ । मानिस मर्दा पनि धनको खाँचो पर्छ, विनापैसा पण्डितहरूले किरिया गर्दैनन्, घाटमा दाहसंस्कार हुँदैन । त्यतिबेला रुनु एउटा कुरा हो, धनको जोहो अर्को समस्या हुन्छ ।
राजा हरिश्चन्द्रले आफ्नै छोराको दाहसंस्कार गर्दा श्रीमती शैव्या ९तारामती०सँग कर माग्नु परेको दुःखदायी कथा हामीले सुनेका छौं । किनभने त्यतिबेला उनी बुबा नभएर एक राजा दासको भूमिकामा थिए । अर्कोतिर हाँस्नका लागि पनि पैसा चाहिन्छ विवाह, व्रतबन्ध, पूजा आदिमा । एक जना अर्बपतिले आफ्नो छोराको विवाहमा अर्बौं खर्च गर्छन्, कारण पैसा धेरै भएर होइन, आफूलाई समाजमा ब्रान्डिङ गरिएको हो ।
न दान न धर्म मानिसले एकान्तमा गर्छ । सबै कुरा अरूलाई देखाउन र प्रचार गर्नका लागि गरिएको हुन्छ । भगवान्लाई रू। ५, १० त भन्न नसकिएला तर १००० भन्दा माथि चढाउनेले फेसबुकमा पोस्ट गर्छ । लाख माथिको दान पत्रिकामा छाप्न चाहन्छ । नामका लागि दाम खर्च गरिन्छ र दामका लागि नाम खर्च गरिन्छ । यही र यस्तै चलेको छ । दाम कमाउन कसैलाई अति कठिन र कसैलाई अति सजिलो छ । जसले पूँजी निर्माण गर्छ, उसले कमाउँछ । जसले दायित्व निर्माण गर्छ, उसले गुमाउँछ । हुन त पूँजी पनि दायित्व हो र दायित्व पनि दायित्व हो, परन्तु पूँजी कमाउने काममा प्रयोग भएको दायित्व हो भने अन्य खर्चमात्र बढाउने दायित्व हो ।
सबैको जीवन पैसाको वरिपरि घुमिरहेको हुन्छ । कसैले धेरै मिहिनेत गरेर थोरैमात्र कमाउँछ भने कसैले लगानी गरेर आरामसँग कमाइरहेको हुन्छ । धन, सम्पत्ति वा पैसा विनाजिन्दगी नै छैन । छ भने भिखारी बन्ने हो, कुरै सकियो । पैसा त चाहियो, सुखले कमाउने वा दुःखले, मेहनतले कमाउने वा चलाखीले, आफ्नो पसिनाले कमाउने वा अरूको पसिनाले । कुरा यत्ति हो, बाँकी पैसाविना बाँच्ने आधार न त छ, न भविष्यमा हुने छ ।
मागेर नै खाने हो भने पनि पसिना र परिश्रम त चाहिन्छ । मानिसले सोच्ने कुरा यत्ति हो, मागेर खाने कि माग्नेलाई मन फुकाएर दिन सक्ने हैसियत राख्ने रु ब्रह्माण्डमा अहिलेसम्म पैसा कमाउने लाइसेन्स जारी गरिएको छैन । लाइसेन्सवालाले पनि पैसा कमाउँछ नै भन्ने प्रत्याभूति कसैले दिन सक्दैन ।
कुनै वकिलले महीनामा करोडौं कमाउँछ, अर्कोले अफिसको भाडा तिर्न सक्दैन । कानूनका किताब एउटै हुन्, के गर्नु रु कम्तीमा अदालतमा लाइसेन्स वाला मात्र छिर्न पाउँछ । अन्य ठाउँमा त लाइसेन्स नभए पनि अरूको लाइसेन्स किनेर कमाउन मिल्छ । जिन्दगी अर्थसँग जोडिएको छ तर अर्थोपार्जनको सूत्र छैन ।
-लेखक कैलासशूकट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्दछन् ।








प्रतिक्रिया दिनुहोस