किन गरियो नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त ? 



अत्तरिया: नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई  साधारण सदस्य समेत नरहने गरी पदमुक्त गरेको छ ।

पार्टी संरक्षक तथा श्रीमान रेमश चौधरी पक्षधर केन्द्रीय सदस्यहरूले श्रेष्ठलाई बुधवार साधारण सदस्य समेत नरहने गरी पदमुक्त गरेका हुन् ।

पार्टी विवाद, भूमि आयोग र मालपोत प्रमुख सरुवा प्रकरणमा मुछिएकी रञ्जितालाई शिव बास्तोलालाई कार्यबहाक अध्यक्ष नियुक्त गरेपछि क्रुद्ध रेशम पक्षधर सदस्यहरुले पदमुक्त गरेका हुन् ।

रेशम पक्षको बैठकले बुधवार साँझ रन्जितालाई हटाउने निर्णय गरेको नाउपाका महासचिव ठाकुरसिंह थारुले बताए ।

रेशम चौधरी र रन्जिता चौधरीको राजनीतिक कलह पारिवारिक बेमलमा परिणत हुँदै राजनीतिक रुपमा सम्बन्ध बिच्छेदको चरणमा पुगेको छ ।

नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधि सभामा ४ सीट छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभामा उपस्थिति छ । रेशम रन्जिता कलहका कारण पार्टी विभाजनको नजिक पुगेको छ । रन्जिताले यसअघि नै कार्यवाहक तोकेर केही दिन आराम गर्ने भनेकी थिइन् । 

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि