बुढीगंगा जलविद्युत् बनाउन तीन जिल्लामा ३२० रोपनी जग्गा अधिग्रहण 



अत्तरिया: अछामको साँफेबगर नगरपालिका–१० मा निर्माण गरिने भनिएको २० मेगावाटको बुढीगंगा जलविद्युत् आयोजना बनाउन तीन जिल्लामा ३२० रोेपनी जग्गा अधिग्रहण गरिएको छ । सो आयोजना बनाउन सरकारले चौथो पटक ठेक्का आह्वान गरेको छ । यसअघि आह्वान गरिएको तीन पटकको ठेक्का भने रद्द गरिएको छ ।

तीन पटक ठेक्का रद्द हुनुमा पहिलो पटक प्रतिस्पर्धी अभाव, दोस्रो पटक अत्यधिक लागत प्रस्ताव र तेस्रो पटक साउदी फन्डको अस्वीकृतिका कारण ठेक्का टुंगिन नसकेको हो । अहिले चौथो पटकको ठेक्का प्रक्रिया अघि बढाइएको छ ।

सरकार आफैंले निर्माण गर्ने भनिएको सो आयोजनाका लागि २०५२ सालदेखि नै अध्ययन सुरु भएको थियो । सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययनअनुसार आयोजनाको लागत करिब १० अर्ब रुपैयाँ छ ।

इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गरी आयोजना निर्माणका लागि १८ जुन २०१४ मा साउदी फन्ड फर डेभलपमेन्टसँग ६ अर्ब रुपैयाँ ऋण सम्झौता भएको बुढीगंगा जलविद्युत् आयोजनाका प्रमुख सुरेन्द्र घिमिरेले बताए । तर लामो समयसम्म काम हुन नसकेपछि उक्त सम्झौता रद्द गरिएको थियो ।

चौथो पटक आयोजनाको ठेक्काका लागि सूचना निकाल्ने र मूल्यांकन गर्ने काम भइसकेको छ । तर सम्झौता भइनसकेको बुढीगंगा जलविद्युत् आयोजनाका प्रमुख सुरेन्द्र घिमिरेले बताए । उनका अनुसार ठेक्का सम्झौता गर्दा दाताबाट पूर्वसहमति लिनुपर्ने हुन्छ । त्यसका लागि सबै कागजात पठाइसके पनि अहिलेसम्म सहमति नआएको उनले बताए ।

उनका अनुसार परियोजनाको मुख्य ठेक्का प्रक्रिया अझै टुंगिएको छैन । सिभिल र हाइड्रोमेकानिकल कामका लागि ठेक्का आह्वान गरिएको भए पनि सम्झौता हुन सकेको छैन । ‘चालु आर्थिक वर्षमा सिभिल र हाइड्रोमेकानिकल कामका लागि २ अर्ब १९ करोड ६० लाख बजेट छ ।

इलेक्ट्रोमेकानिकल कामका लागि ३१ करोड बजेट छ । तर सम्झौता हुन सकेको छैन,’ आयोजना प्रमुख घिमिरेले भने, ‘सरकारले आवश्यक बजेट सुनिश्चित गर्न नसकेकाले निर्माण प्रक्रिया प्रभावित भएको छ ।’

हालसम्म आयोजनाका लागि ३२० रोपनी जग्गा अधिग्रहण भइसकेको छ । विद्युत् गृह, सबस्टेसन, कार्यालय भवन, बाँधस्थललगायतका लागि तीन जिल्ला अछाम, बाजुरा र डोटीको जग्गा अधिग्रहण काम सकिएको हो ।

आयोजनाका अनुसार अछामको २५०, डोटीको ५० र बाजुराको २० रोपनी जग्गा अधिग्रहण भइसकेको छ । प्रसारण लाइन टावरका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ भने पुल निर्माण पनि सकिएको छ ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि