इतिहास रचे सुदूरपश्चिमका रविन्द्रले 



अत्तरिया: सुदूरपश्चिम प्रदेशका रविन्द्र ढाँट इतिहास रच्न सफल भएका छन् । बझाङ घर भएका रविन्द्रले पहिलो पटक म्याट्रिक्स फाइट नाइटको उपाधि जितेर इतिहास रच्न सफल भएका हुन् ।

एमएमए फाइटर रविन्द्रले साविक विजेता चोङ्गरेन्ग कोरेनलाई पराजित गर्दै उपाधि हात पारेका हुन् । भारतको नोएडामा शनिवार भएको बान्टमवेट श्रेणीमा भएको उक्त भिडन्तमा ढाँटले तेस्रो राउन्डमै कोरेनलाई नकआउट गर्दै एमएफएन बेल्ट आफ्नो पोल्टामा पार्न सफल भएका छन् ।

ढाँटको यो व्यावसायिक करिअरको नवौँ खेल हो जहाँ उनले आठ खेल जितेका छन् । उनले यो उपाधि प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई समर्पण गरेका छन्। दिविज नेपाली एमएमएको अग्रणी व्यक्तित्व हुन् । उनी नेपाल वारियर्स च्याम्पियनशिपका संस्थापक पनि हुन् ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि