सुदूरपश्चिम प्रदेशको बजेटमा १०६ किमी सडक कालोपत्र 



धनगढी: सुदूरपश्चिम प्रदेशको बजेटमा १०६ किलोमिटर सडक कालोपत्र भएको दाबी गरिएको छ । यो एक बर्षको अवधिमा प्रदेश सरकारबाट १०६ किमि सडक कालोपत्र भएको विवरण सार्वजनिक गरिएको छ ।

सो अवधिमा १०३ किमी ग्राभेल र १४६ किमी कच्ची सडक गरेर कुल ३५५ किमी सडक निर्माण भएको आज धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले बताए ।

यस्तै सो अवधिमा भूमिगत र नयाँ प्रविधिमा आधारित सिंचाई प्रणालीबाट १६२८ हेक्टर जमिनमा सिंचाई सुविधा थप गरिएको र मर्मत कार्यबाट १३,९४७ हेक्टर जमिनको सिंचाई सुविधालाई पुनःस्थापना गरिएको दाबी समेत गरिएको छ ।

यसका साथै बाढीबाट बस्ती तथा खेतियोग्य भूमि जोगाउन यस बर्ष २७ किमी तटबन्ध निर्माण र २७ हेक्टर जग्गा नदी उकासबाट प्राप्त भएको छ । खानेपानीका ८४१ इन्टेक जडान, ५१६ पोखरी निर्माण, २,१३३ किमी पाइपलाईन जडान गरी ११,९३९ निजी धारा जडान सम्पन्न भएको छ ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि