अत्तरिया: सुदूरपश्चिम प्रदेश सरकारले ३१ स्थानमा मठमन्दिर निर्माण गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक वर्षे कार्यकाल उपलब्धिपुर्ण रहेको बताउँदै प्रदेशभित्र सो संख्यामा मठमन्दिर निर्माण गरिएको बताएका हुन् ।
प्रदेशभर ३१ स्थानमा धार्मिक मठमन्दिर निर्माण, ९ वटा पर्यटकीय पार्क निर्माण गरिएको विषलाई प्रदेश सरकारले महत्त्वपूर्ण उपलब्धिमा राखेको छ । तर याे उपलब्धि अनुत्पादक हाे ।
पुर्वाधार विकासतर्फ भने प्रदेश सरकारले खासै उपलब्धि हासिल गर्न सकेको छैन । तर मठमन्दिर निर्माणको नाममा भने ठुलो बजेट खर्च भएको पाइएको छ । प्रदेश सरकार गठनयता यहाँ करिब डेढ अर्ब भन्दा बढी बजेट मठमन्दिरको नाममा खर्च गरिएको छ ।
नेताहरूले सत्ता र शक्तिको आडमा आफ्ना कुलदेउता खुसी पार्न बजे खर्च गरेको देखिएको छ । यसरी प्रदेश सरकारले उत्पादनमूलक भन्दा अनुत्पादक क्षेत्रमा बजेट विनियोजन गरेर काम गर्दै आएको देखिन्छ ।
व्यक्तिका घरघरका मठमन्दिरमा बजेट खर्च गर्ने होडबाजी विगतदेखि नै चल्दै आएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा ३ सय मन्दिर निर्माण गर्न १६ करोड, २०७७/७८ मा २ सय ७० मन्दिर निर्माण गर्न २४ करोड, २०७८/७९ मा २ सय ५० मन्दिरका लागि १९ करोड र २०७९/८० मा २ सय ९४ मन्दिर बनाउन २३ करोड २१ लाख विनियोजन गरेको अभिलेख छ ।








प्रतिक्रिया दिनुहोस