दार्चुलामा बैंकका शाखा प्रबन्धकसहित चार जना कर्मचारी पक्राउ 



दार्चुला:  दार्चुलामा बैंकका शाखा प्रबन्धकसहित चार जना कर्मचारी पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार जना कर्मचारी रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा तत्कालनी शाखा प्रवन्धक डोटी घर भई कैलालीको भजनी नगरपालिका-७ बस्ते ३५ वर्षीय सागर शाही,  शैल्यशिखर-९ घर भई नगद विभागमा काम गर्ने २९ वर्षीया निर्मला साउँद, बैतडीको पुर्चौडी नगरपालिका-३ घर भई ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त र दार्चुलाको लेकम गाउँपालिका-१ घर भई बैंकको कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त रहेका छन् ।

महालक्ष्मी विकास बैंकले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए । उनका अनुसार उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । 

चारै जना कर्मचारीको मिलेमतोमा उक्त शाखाको दुई करोड ८४ लाख ७६ हजार सात सय रुपैयाँ अपचलन भएको पाइएको थियो । उक्त रकम अपचलन भएको पाइएपछि महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीवार गोकुलेश्वर पुगेको थियो ।

बैंकले गरेको प्रारम्भिक अनुसन्धानबाट बैंकका कर्मचारीले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको खुलेको थियो । चारै जनाको मिलोमतोमा रकम अपचलन भएको पाइएपछि बैंकले उनीहरुलाई निलम्बन गरेको छ । 

उनीहरुले बैंकको मूल खातामा भल्ट रकम मौज्दात देखाएर गैरकानुनी तरिकाले हिनामिना गरेको पाइएको छ । यसरी बैंकको रकम अवैध जुवामार्फत अपचलन गरेको पाइएपछि बैंकिङ कसुरमा चारै जना कर्मचारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रावतले बताए । 

बैंकले हेमराज जोशीलाई शाखा प्रबन्धकको जिम्मेवारी दिएर शाखा सञ्चालन गरिरहेको छ । उक्त बैंकको कामकाज आइतबारदेखि चलेको शाखा प्रबन्धक जोशीले बताए ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि