अत्तरिया: कैलालीको अत्तरियामा सीतभण्डार निर्माण गरिएको छ । गोदावरी नगरपालिका–१ स्थित कृषि हाटबजारको प्राङ्गणमा शीतभण्डार निर्माण गरिएको हो ।
सो शीतभण्डार यही तिहारअगावै कृषि बजार व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने तयारी भइरहेको कृषि विकास निर्देशनालयका महानिर्देशक खगेन्द्रप्रसाद शर्माले बताए ।
शीतभण्डार निर्माणका लागि कृषि विकास निर्देशनालयले भ्याटसहित १ करोड १६ लाख ७७ हजार ९६३ रकम विनियोजन गरेको थियो । निर्माण सम्पन्नका लागि २०७८ जेठ २० गते अंशु निर्माण सेवा नवदुर्गा डडेल्धुरासँग भ्याटसहित ९२ लाख ४२ हजार १६६ मा ठेक्का सम्झौता भएको थियो ।
सो शीतभण्डारको क्षमता ३५० मेट्रिकटन रहेको छ । शीतभण्डार समयमै सञ्चालनमा आएको भए यहाँ आयातीत विषादीयुक्त कृषिजन्य वस्तु रोक्न सहज हुने कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज जोशीले बताए ।








प्रतिक्रिया दिनुहोस