‘मन्त्री पालको गाडीले बालक मारेको भन्दै फैलाइयो अफवाह’ 



अत्तरिया: दलित अभियन्ता खगेन्द्र सुनारले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालमाथि संगीन आरोप लगाएका छन् । फेसबुकमा सुनारले मन्त्री पालले बैतडीमा एक दलित बालकलाई गाडीले किचेर मारेको तथा मृतककी आमालाई जबरजस्ती करणी धम्की दिएको बताएका छन् ।

हिँड्ने साइतमा दलितले बाटो काटेको निहुमा किचेर हत्या गरेको उनको दाबी छ । उनले लखेका छन्, ‘सुदूरपश्चिमका भौतिक मन्त्री सुरेन्द्र बहादुर पालले हिँड्ने साइतमा दलितले बाटो काटेको भन्दै गाडीले किचेर बैतडीमा एक दलित बच्चा किरण कोलीको हत्या गरेको छ ।

मन्त्रीको गाडी छोएको भन्दै ड्राइभरले हकारेर लखेटेका थिए’, उनले लेखेका छन्, ‘भाग्दै गरेको बच्चालाई यो डुमलाई ठोक भन्दै रक्सीले मातेका मन्त्रीले गाडी हाँकेर किचेका थिए । गाडी छोराले चलाएको थियो ।

हत्या सार्वजनिक गरे बलात्कार गरेर मार्ने पीडित एकल महिलालाई धम्की दिएका छन् । घटना मिलाउन ५ लाख पीडितको खातामा जबरजस्ती हालिदिएका छन् । प्रहरीले मुद्दा लिन मानेको छैन ।’ तर, सुनारले वर्णन गरेजस्तो घटना बैतडीमा नभएको प्रहरीले जनाएको छ ।

‘डिलासैनी गाउँपालिका–३ का १३ वर्षीय किरण कोली साउन १७ गते डिन्नीगाडमा बालुवा सङ्कलन गर्ने क्रममा विद्युत् पोल छोएर करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए।

उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा उनको मृत्यु भएको हो । कानूनी प्रक्रिया पूरा भएपछि मृतकका बाजेले १८ साउनमा शव बुझेका थिए’, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रकाश रानामा भाट भने ।

मृतक परिवारको खातामा पाँच लाख रुपैयाँ भने डिलासैनी गाउँपालिका(३ का वडाध्यक्ष रघुवीर बोहराले स्थानीयबाट सङ्कलन गरी मृतककी आमाको खातामा जम्मा गरेका थिए ।

यसैबीच, सामाजिक सञ्जालमा हत्या जस्तो गम्भीर आरोप लगाउँदै स्ट्याटस हालेर चरित्र हत्या गर्न खोजेको भन्दै मन्त्री पालको सचिवालयले आपत्ति जनाएको छ । सचिवालयले सुनारविरुद्ध कानुनी कारबाहीको तयारी भइरहेको जनाएको छ ।

‘सामाजिक तथा जातीय सद्भावलाई खलबल्याउने उद्देश्यले यस प्रकारका आधारहीन आरोप लगाइएको हाम्रो ठहर छ। यस्ता भ्रामक र आधारहीन स्ट्याटसको मन्त्री ज्युको सचिवालय खण्डन गर्दछ’, मन्त्रीका स्वकीय सचिव रामेशबहादुर बोहराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निजका विरुद्ध नेपाल प्रहरीले साइबर सेलमा उजुरी दर्ता गरी कानुनी प्रक्रियामा अघि बढ्ने जानकारी गराउँदै यस्ता स्ट्याटसको विश्वास नगर्न सम्पूर्णमा अनुरोध गर्दछौँ ।’

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि