सुदूरपश्चिममा बढ्यो वित्तीय अपराध, ४४३ मुद्दा प्रहरीमा दर्ता 



अत्तरिया: सुदूरपश्चिममा वित्तीय अपराध बढेको छ । सुदूरपश्चिममा बैंकिङ कसुरतर्फ आर्थिक वर्ष २०८१/८२ मा ४४३ मुद्दा प्रहरीमा  दर्ता भएको अभिलेख छ ।

कानुनी व्यवस्थाविपरीत बैँक तथा वित्तीय संस्थाको रकम हिनामिना गर्नुलाई बैंकिङ्ग कसुर भनिन्छ । यस्ता अपराध पछिल्लो समय यहाँ एकपछि अर्को बढ्दै गएको छ । प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी पछिल्लो समय बैंकिङ कसुरका मुद्दा बढ्दै गएको बताउँछन् ।

विद्यमान कानुनी व्यवस्थाअनुसार अनधिकृत रुपमा खाता खोल्ने तथा रकम भुक्तानी दिने, अनधिकृत रुपमा एउटा व्यक्ति वा संस्थाको चेक तथा खाताको विवरण अन्य कुनै व्यक्ति वा संस्थालाई दिनु, धितोको अस्वभाविक मुल्यांकन गरि ऋण लिने तथा दिने काम बैंकिङ्ग कसूरभित्र पर्छन् । नेपालमा बैंकिङ्ग कसूर तथा यसमा दिइने सजायको बारेमा ‘बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४’ मा उल्लेख गरिएको छ ।

बैंकिङ कसूर मुद्दाको कानूनी प्रक्रिया 

बैंक तथा वित्तीय संस्थाले चेक जारी भएको मितिले ६ महिनाभित्र चेक बाउन्स गराउनुपर्नेछ । बैंकिङ कसुर ऐन अन्तर्गत कसुरमा त्यस्तो कुसुर भएको थाहा पाएको मितिले एक वर्षभित्र जाहेरी दिन सक्नेछन् र त्यसरी जाहेरी परेको मितिले ६ महिनाभित्र अदालतमा मुद्दा दायर गर्ने प्रावधान रहेको छ ।

तर बैंक तथा वित्तीय संस्थाको कर्मचारी वा पदाधिकारीको हकमा जहिलेसुकै पनि मुद्दा चलाउन सकिनेछ । त्यस्तो कर्मचारी वा पदाधिकारीले आफ्नो पदबाट अवकाश प्राप्त गरेपछि पनि मुद्दा चलाउन बाध्य पर्नेछैन । बैंकिङ कसुर मुद्दामा बढीमा ६० दिनसम्म थुनामा राखी अनुसार गर्न सकिनेछ ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि