अत्तरिया: नेपालमा चतराधामपछि अत्तरिया नजिकैको गोदावरी धाममा पहिलो पटक २०७२ को माघमा महाकुम्भ लागेको थियो । वेदको मानसखण्डमा अष्ट गोदावरीमध्ये ६ वटा नेपालमै रहेको तथ्य उल्लेख छ ।
धार्मिक पर्यटनको सम्भावना बोकेको सुदूरपश्चिममा भगवतीका सात अवतार, बैतडीको त्रिपुरासुन्दरी, निङ्लासैनी, डिलासैनी र मेलौली, बाजुराको बडिमालिका, डँडेल्धुराको उग्रतारा, डोटीको शैलेश्वरी जाने मार्ग पनि अत्तरिया हो ।
अझ देशका चार धाममध्ये अछामको बैद्यनाथ धाम, डँडेधुराको परशुराम क्षेत्रको पनि प्रवेश मार्ग अत्तरिया हो । यसकारण पनि यसलाई देवभूमिको प्रवेशमार्ग पनि भनिएको हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्रबहादुर शाहीले बताए ।
गोदावरी धाममा करिब ६ करोड लगानीमा रामजानकी मन्दिर पनि बन्दैछ । तर लगानी अभावका कारण काम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।
बैतडीको देवलहाटमा पाण्डवले वनबास गएका बेला बनाएका पञ्चदेवल छन् । सो क्षेत्र शिवपार्वतीको तपोमूमि पनि भनिन्छ । कैलाश मानसरोवर पनि बझाङपारीको हिमालमा पर्ने भएकाले सेती कर्णाली र गोदावरीको मुहान कैलाश पर्वत भएको मान्यताले पनि यसलाई देवभूमि मानिएको हो ।
गोदावरी पितृ मोक्षका लागि पनि तिर्थस्थल रहेको वेदहरूमा उल्लेख छ । सोह्र श्राद्धका बेला दैनिक दुईरढाई सयले पितृको श्राद्ध गोदावरीमा गरेकाले अत्तरियाको विकासले फड्को मारिरहेको छ । गोदावरी अत्तरिया चोकदेखि तीन किलोमिटर उत्तर चुरेको फेदमा पर्छ ।








प्रतिक्रिया दिनुहोस