अत्तरिया: नेपाली कांग्रेसका होनहार युवा गणेश शाहले पार्टी परित्याग गरेका छन् । उनले कांग्रेसको साधारण सदस्य समेत नरहने गरेर पार्टी परित्याग गरेका हुन् ।
कैलालीको गोदावरी नगरपालिकाबाट लामो समय पार्टीको राजनीतिमा रहेर विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका शाहले कांग्रेसको साधारण सदस्य समेत नरहने गरेर पार्टी परित्याग गरेका हुन् ।
उनले आफ्नो फेसबुक पेजमा लेख्दै भनेका छन्, श्रम, स्वतन्त्रता, शृजनशिलता, र आत्मसन्तुष्टिका लागि जिवन जिउने अठोटसहित पार्टी परित्याग गरेको छु । उनले अगाडि लेखेका छन्, लगभग दुई दशक लामो नेपाली काङ्रेसको यात्रा आजबाट विराम लिएको छु । आजबाट आफू नेपाली काङ्ग्रेसको साधारण सदस्य नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्दछु ।
नेपाली काङ्रेस क्षेत्र नम्बर ४, नेपाली काङ्ग्रेस नगर कार्यसमिति र नेपाली काङ्ग्रेस वडा कार्यसमिति वडा नम्बर २ लाई बोधार्थ समेत गरिसकेका छन् । लामो समय नेपाली काङ्ग्रेसको सक्रिय राजनीति गर्दै आएका शाहले पार्टी परित्याग गरेपछि यतिबेला गोदावरी नगर क्षेत्रभित्र खैलाबैला मच्चिएको छ।








प्रतिक्रिया दिनुहोस