धनगढीका सामुदायिक विद्यालयको एसइई नतिजामा व्यापक सुधार 



धनगढी:- कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयको एसइई नतिजामा सुधार भएको छ। शैक्षिक सत्र २०८० को तुलनामा  शैक्षिक सत्र २०८१ को एसइईको नतिजामा सुधार भएको हो।

गत वर्ष सामुदायिक विद्यालयतर्फ २६ दशमलव ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यो वर्ष उत्तीर्ण प्रतिशत ५४ दशमलव ७४  प्रतिशत पुगेको छ। यो पटक गत वर्षको तुलनामा १०२ दशमलव ९६ प्रतिशत बढी हो।

शैक्षिक सत्र २०७९ मा आधारभूत तह कक्षा ८ को परीक्षा दिएका विद्यार्थीले यो पटक एसइई दिएका हुन्। धनगढी उपमहानगरपालिकाले कक्षा ८ मै परीक्षामा कडाइ गर्दा तथा त्यसपछि विद्यालयहरूले गरेको मेहनतले नतिजामा सुधार भएको प्रशासकीय प्रमुख नरेन्द्रबहादुर खातीले बताए। उनले भने, "२०७९ मा आधारभूत तह दिएर उत्तीर्ण भएका विद्यार्थीहरूले यो पटल एसइई दिएका हुन्। त्यो बेला कक्षा ८ उत्तीर्ण भएकाहरू लगभग सबै पास भएको देखिन्छ भने कक्षा ९ मै कक्षा दोहर्‍याउन पुगेका विद्यार्थी अहिले पनि असफल भएको देखिन्छ," उनले भने, "यो पटक सामुदायिक विद्यालयतर्फ नतिजामा व्यापक सुधार भएको छ।"

धनगढीका २६ सामुदायिक विद्यालयका ९५९ ले दिएका थिए परीक्षा

धनगढी उपमहानगरपालिकामा २६ वटा सामुदायिक विद्यालयबाट ९५९ जना विद्यार्थी यो पटक एसइईमा सहभागी थिए। परीक्षामा ५२८ जना कक्षा११ का लागि ग्रेडेड भएका छन् भने ४३१ जनाको एनजी ग्रेड आएको छ।

त्रिभुवन माविका छात्र अशोकले ल्याए ४.० जिपिए

कैलाली जिल्लामा यो पटक एसइईमा सात जना विद्यार्थीले ४.० जिपिए ल्याएका छन्। जसमध्ये सामुदायिक विद्यालयतर्फ एक जना विद्यार्थीको मात्रै ४.० जिपिए आएको छ। त्रिभुवन माध्यमिक विद्यालय बोराडाँडीका छात्र अशोक अवस्थीले सामुदायिक विद्यालयतर्फ ४.० जिपिए ल्याएका हुन्। त्रिभुवन माध्यमिक विद्यालयबाट ७६ जना परीक्षामा सामेल भएकामा ६० जना ग्रेडेड भएका छन्। कुल परीक्षार्थीको ७८ दशमलव ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक सिताराम अवस्थीले बताए। उनले शिक्षक, विद्यार्थी र अभिभावकको मेहनतले नतिजा राम्रो आएको बताए। "हाम्रो विद्यालयको नतिजा राम्रो आएको छ। हामीले निजी विद्यालयसँगै प्रतिस्पर्धा गरिरहेको अवस्था हो," उनले भने, "अभिभावकहरूको विश्वास तथा शिक्षक विद्यार्थीको मेहनतले राम्रो नतिजा आएको छ। आगामी वर्षहरूमा अझै नतिजामा व्यापक सुधार गर्ने हिसाबले हामी मेहनत गर्न तयार छौँ।

फूलबारीको सर्वोदयको सतप्रतिशत नतिजा

धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीको सर्वोदय माध्यमिक विद्यालयका सबै विद्यार्थी  २०८१ को एसइईमा पास भएका छन्। १५ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा सबै उत्तीर्ण भएका हुन्। शिक्षक,विद्यार्थी र अभिभावकको मेहनतले सबै विद्यार्थी पास भएको विद्यालयका शिक्षक जितबहादुर चौधरीले बताए।

यी हुन् नतिजा सुधार गर्ने विद्यालयहरू

धनगढीका २६ सामुदायिक विद्यालय मध्ये ११ विद्यालयको ५० देखि सत्प्रतिशतसम्म नतिजा आएको छ। धनगढी-१४ फूलबारीको सर्वोदय माध्यमिक विद्यालयका सबै विद्यार्थी पास पास भएका छन् भने सबैभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी गराएको धनगढी-५ हसनपुरको पञ्चोदय माध्यमिक विद्यालयबाट ९३ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यो विद्यालयबाट १८७ जनाले परीक्षा दिएकोमा १७४ जना उत्तीर्ण भएका हुन्।

तेस्रोमा राम्रो नतिजा ल्याउने धनगढी-३ को त्रिभुवन माध्यमिक विद्यालयका ७६ जनामध्ये ६० जना पास भएका छन्। जुन ७८ दशमलव ९५ प्रतिशत हो।

धनगढी-१४ को पञ्चोदय माध्यमिक विद्यालयको ७५ प्रतिशत नतिजा आएको छ भने धनगढी-११ को ठेकराज माध्यमिक विद्यालयको ७३ दशमलव ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यस्तै, धनगढी-१८ को चन्द्रोदय माध्यमिक विद्यालयको ७१ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।  यसैगरी, राष्ट्रिय माध्यमिक विद्यालय धनगढी-१५ उर्मीको ६६ दशमलव ६७ प्रतिशत नतिजा आएको छ भने बेहडाबाबा माध्यमिक विद्यालयको ५८ दशमलव ३३ प्रतिशत, सरस्वती माध्यमिक विद्यालय मनेहराको ५५ दशमलव ५६ प्रतिशत, जनजागृती मावि फूलबारीको ५२ दशमलव ६३ प्रतिशत र सिद्धनाथ मावि जुगेडा र भवानी मावि गौरीपुरको समान ५०/५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ।

शून्य नतिजा ल्याउने दुई विद्यालय

धनगढीका दुईवटा सामुदायिक विद्यालयको यो पटक एसइईमा शून्य नतिजा आएको छ। धनगढी-७ को शिव माध्यमिक विद्यालय र धनगढी-१० को जनकल्याण माविको नतिजा शून्य आएको हो। शिव माविका ६ जना तथा जनकल्याण माविका ३ जनाले परीक्षा दिएकोमा कुनै पनि विद्यार्थी उत्तीर्ण नभएको उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ।

औसत नतिजा ल्याउने विद्यालयहरू

२०८१ को एसइईमा धनगढी १ को त्रिनगर माध्यमिक विद्यालयका १०८ जना मध्ये ३९ जना विद्यार्थी पास भएका छन्। यस्तै, धनगढी-२ को नवदुर्गा माविका २३ दशमलव ८१ प्रतिशत, वडा नम्बर ४ को राष्ट्रिय तुलसीराम माविबाट ४१ दशमलव ३ प्रतिशत, वडा नम्बर ६ को वासुदेवी माविबाट ३६ दशमलव ३६ प्रतिशत तथा धनगढी-८ को धनगढी नमुना प्राविधिक विद्यालयबाट २९ दशमलव ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

यसैगरी, धनगढी-१२ को शारदा माविको ३८ दशमलव ८१ प्रतिशत, धनगढी-१३ कैलाली गाउँको जनता राष्ट्रिय माविको ४७ दशमलव ३६ प्रतिशत,  धनगढी-१६ को शिव माविको ४२ दशमलव ९६ प्रतिशत, धनगढी-१९ को फूलबारी माविको ४३ दशमलव ३३ प्रतिशत तथा धनगढी-१७ को भानु माविको १० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि