एमालेका केन्द्रीय सदस्य महर पक्राउ परेलगत्तै किन छुटे? 



अत्तरिया: नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेलगत्तै छुटेका छन् । सत्तारुढ एमालेका नेता महर पक्राउ परेलगत्तै हाजिरी जमानीमा छुटेका हुन ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बयानपछि हाजिरी जमानीमा रिहा गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहिर काफ्लेले बताए । एमालेका केन्द्रीय सदस्य महर सामाजिक सञ्जालबाट चरित्र हत्या र गाली बेइज्जती कसुरमा पक्राउ परेका थिए ।

विद्युतीय अपराधको उजुरीका आधारमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले भदौ ९ गते नै महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

बुधबार साइबर ब्युरोमा उपस्थित भएका महरलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं पुगाएको थियो । जिल्ला अदालतपछि सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरिएको थियो। उनीविरुद्ध बझाङ निवासी रश्मिला धामीले गालीबेइज्जती तथा चरित्र हत्यासम्बन्धी जाहेरी दिएकी थिइन् ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि