अत्तरिया: शिखर डेण्टल क्लिनिक अत्तरिया र एनआइसी एसिया बैंकबीच दाँत र मुखको उपचारमा छुट दिने सम्झौता भएको छ । हिजो दाँत र मुखको उपचारमा एनआइसी एसिया बैंकका ग्राहक र कर्मचारीलाई २० प्रतिशत छुट दिने गरि सम्झौता भएको हो ।
शिखर डेण्टल क्लिनिकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकका कार्ड होल्डर तथा कार्यरत कर्मचारीहरुलाई निःशुल्क चेकजाँचसहित सम्पूर्ण उपचारमा विशेष छुट दिने योजना ल्याएको छ ।
सुदूरपश्चिमको भाषा, संस्कृति, चाडपर्वको संरक्षण र सम्बर्द्धनको उद्देश्यसहित गौरा, बडादशैं, दीपावली तथा मेलापर्वको अवसरमा पनि विशेष कार्यक्रम गर्ने तयारी रहेको शिखर डेन्टलका म्यानेजर छविलाल जोशीले बताए।
एनआइसी एसिया बैङ्क अत्तरियाका शाखा प्रबन्धक उमेश केसी र शिखर डेन्टलका प्रबन्ध निर्देशक मिनबहादुर देउवाबीच दाँत र मुखको उपचारमा शिखर डेन्टलले बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट दिने गरी सम्झौता गरिएको हो।








प्रतिक्रिया दिनुहोस