अत्तरिया: सुदूरपश्चिम प्रदेशबाट स्वतन्त्रको एकता महाकाली-मेची यात्रा’ सुरु भएको छ। कञ्चनपुरको गड्डाचौकीबाट ‘स्वतन्त्रको एकता महाकाली-मेची यात्रा’ सुरु भएको हो।
‘समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान’ को आयोजनामा मंगलबारदेखि महाकाली-मेची यात्रा सुरु भएको हो। समृद्ध राष्ट्र निर्माणको परिकल्पनासहित यस्तो अभियानको शुभारम्भ गरिएको अभियन्ताहरूले बताएका छन्।
महाकाली-मेची यात्राको सुदूरपश्चिम प्रदेश सांसद ताराप्रसाद जोशीले शुभारम्भ गरेका छन्। उनले नेपालको राष्ट्रिय झण्डा अभियानका संयोजक प्रेमराज भट्टलाई हस्तान्तरण गरेर यात्रा सुरु भएको घोषणा गरेका हुन। यसअघि अभियानको धनगढीका मेयर गोपाल हमालले शुभारम्भ गर्ने कार्यक्रम भए पनि उनी विविध कारण अभियानमा सहभागी हुन नसकेको बताइएको छ।
अभियान अन्तरगत पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा कोण सभाको आयोजना गरेर २० गते मेची पुग्ने कार्यक्रम रहेको छ। अभियान २१ गते धरानमा पुगेर त्यहाँका मेयर हर्क साम्पाङले समापन गर्ने बताइएको छ।
नागरिक स्वतन्त्र अभियान देशैभरि सञ्चालन हुने बताइएको छ। आज कञ्चनपुरको गड्डा चौकीबाट सुरु भएको यो अभियानमा अपेक्षाकृत रूपमा युवाहरूको सहभागिता रहेको बताइएको छ।








प्रतिक्रिया दिनुहोस