म पनि जेन-जी पुस्ताभन्दा २ बर्ष उमेरले अलि बढी छु 



प्रिय जेन-जी म तपाइहरुको माग र आन्दोलनको सम्मान मात्रै होइन साक्षी पनि छु र मेरो मागमा तपाइहरुको बोली मिल्न मात्र गएको हो। म पुराना दलको नगर अध्यक्ष छु। यो जेन-जी लागि सुखद कुरा हुन सक्छ। तर आज जुन मेरो पार्टी नेताले गरेको त्यो शोषण र अत्याचार छ त्यसको भोगी म हुन सक्दैन।

तपाइहरुले हाम्रो पार्टी कार्यालय तोडफोड गर्नुभयो। त्यो ब्यक्तिगत थियन मेरा नेताका कमि र कमजोरिले थियो, यो मेरा लागि नौलो होइन म तपाइहरुकै मुद्दामा छु।

हो आज नया पुस्ताका हामी पनि राजनीतिमा  लागेको १८ बर्ष भैसक्यो। तर नेताकै दास हुनुपर्ने, नियुक्ति खादा चाकरी गर्नुपर्ने, कमिसन बुझाउनुपर्ने, सेवा सत्कार गर्नुपर्ने, जातिय, भेगियमिल्नु पर्ने भन्ने कुराको बेवास्था गर्दा म नगर अध्यक्ष पनि नसकेकै कारण पछाडी परेको हो।

यहाँ हाम्रा नेताले बोलिकै भरमा, ठेगेदारले सहयोग गरेकै भरमा, लन्च र डिनर दिएकै भरमा अथवा मारुतिमै एरपोर्ट पुगेकै भरमा मान्छेको ब्यक्तित्व निर्धारण हुने गरिन्थ्यो।

म कति लामो समय जनताको सेवामा लागे अथवा मैले मेरो योवनकाल मात्र होइन जीवन पार्टीको लागि बिताए त्यो मुल्यांकन हुदैन  थियो। आज आएर हाम्रो जेन(जिले हामी पुराना दलको स्थानीय स्थरमा नेतृत्व लिएकाहरुका पक्षमा पनि बलियो एजेन्डा उठाइदिनु भयो।

म पुरानो दलको नेता र  कुनै पनि उपभोक्ता समितिमा सदस्य समेत नबसेको एक फ्रेश ब्यक्ती भएका नाताले जेन्जीलाई धन्यवाद ग्रण  गर्छु। र बाकी दिनमा पनि देश र जनताका पक्षमा जेन्जि जस्तै लाग्ने अठोट ब्यक्त गर्छु। यो देशको एक पाउ बालुवा र एक इन्च माटो हाम्रो ट्याक्सबाट मात्र सरकारी कार्यालय बनेका छन।

अब यो हामिले सम्झिनुपर्छ त्यसैले अब हाम्रा सार्बजनिक सम्पती जोगाउने हामीले हो। भोलि बनाउने पनि हामी जनताको करबाट मात्रै हो। जेन्जिको माग पूरा भयको छ र अब यो देशको नेतृत्व नया पुस्ताले गर्नेमा म ढुक्क छु।

होस र हवासमा रही हामीले नया नेपाल बनाउन सहयोग गर्नुपर्छ। यो देश हामी जस्ता युवाहरुको हो। आज सबैको हो भोलि युवाको हो। जय जेन-जी

-सन्तोष सिंह: नेकपा एमाले गोदावरी नगर अध्यक्ष

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि