नवनियुक्त तीन मन्त्रीले सोमबार शीतलनिवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहका साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई शपथ गराएका हुन्।
पूर्वसचिवसमेत रहेका खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मौका पाएका हुन्। त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो।








प्रतिक्रिया दिनुहोस