डीडीसी अत्तरियाबाट दुधको भुक्तानी दिन सुरू 



अत्तरिया: डीडीसी अत्तरियाबाट दुधको भुक्तानी दिन सुरू गरिएको छ। अत्तरियामा रहेको दुग्ध विकास संस्थान कार्यालयमा लगाइएको ताला खुलेपछि दूधको भुक्तानी दिन सुरु गरिएको हो।

जेठ ८ गतेदेखि लगाइएको ताला मंगलवार खुलेपछि बुधवारदेखि किसानलाई दूधको भुक्तानी दिन सुरु गरिएको डीडीसी अत्तरियाका प्रमुख निरञ्जन भट्टराइले बताए। उनले बिदा भए पनि भुक्तानीको काम नरोकिने बताए। उनले पहिलो चरणमा तत्काल डेढ करोड रुपैयाँ दूधको भुक्तानी गरिने बताए।

डीडीसीको गत वर्षको माघ यताको दूधको भुक्तानी हुन बाँकी छ। माघदेखि हालसम्म साढे ६ करोड भुक्तानी दिन बाँकी छ। २र३ दिन भित्रमा माघ महिनाको डेढ करोड भुक्तानी गरेर बाँकी भुक्तानी नियमित रूपमा गर्दै जाने कार्यालय प्रमुख भट्टराइले बताए।

हाल डीडीसीले कैलाली, कञ्चनपुर र डडेल्धुराबाट दूध सङ्कलन गर्दै आएको छ। डीडीसीले ५९ वटा सहकारी, समूह र कृषि फारमबाट दूध सङ्कलन गर्दै आएको छ। डीडीसीले हाल दैनिक २ हजार ५ सयदेखि ३ हजार लिटरसम्म दूध सङ्कलन गर्दै आएको छ।

स्थानीयले डीडीसी धनगढी सार्न नहुने भन्दै तालाबन्दी गरेका थिए। डीडीसी केन्द्रीय कार्यालयले स्थानीयको माग बमोजिम तत्काल डीडीसी नसार्ने आशयको पत्र डीडीसीको केन्द्रीय कार्यालयले पठाएपछि मंगलवार ताला खुलेको हो।

डीडीसी धनगढी सार्ने तयारीपछि स्थानीयले विरोध गर्दै जेठ ८ गते डीडीसी अत्तरियामा तालाबन्दी गरेका थिए। यद्यपि तालाबन्दीका बिच डीडीसीको प्रशासनिक कार्यालय धनगढी सारिएको थियो।

भदौ २९ गते डीडीसीको केन्द्रीय कार्यालयका निमित्त महाप्रबन्धक सञ्जीव झाले डीडीसी अत्तरियालाई पठाएको पत्रमा आयोजनालाई धनगढीको कनेरीमा स्थानान्तरण गर्ने विषयलाई लिएर तालाबन्दी भएकाले हाललाई प्रशासनिक, आर्थिक र उत्पादन सम्बन्धी सम्पूर्ण काम यथास्थानबाट गर्न भनिएको छ।

डीडीसी केन्द्रीय कार्यालयको पत्राचारपछि मंगलवार बिहान बसेको सर्वदलीय सर्वपक्षीय बैठकले तालाबन्दी खोल्ने निर्णय गरिएको थियो। सर्वदलीय बैठकमा डीडीसीको ताला खोल्ने र दसैँभित्र किसानको दूधको भुक्तानी गर्ने, गोदावरी नगरपालिकाको प्रतिबद्धता अनुसार डीडीसीको दिगो व्यवस्थापनको लागि जग्गा उपलब्ध गराउने निर्णय भएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि