अत्तरिया: नेपाली काँग्रेस र नेकपा एमालेले आफ्नो शक्ति प्रदर्शन गरेका छन्। संविधान दिवसको अवसरमा कैलालीमा नेपाली काँग्रेस र नेकपा एमालेले शक्ति प्रदर्शन गरेका हुन।
पछिल्लो राजनीतिक घटना क्रमलाई ध्यानमा राखेर संविधानको रक्षार्थ कैलालीका १३ वटै स्थानीय तहमा बृहत् मोटरसाइकल र्यालीसमेत निकालिएको छ। कैलालीको चौमाला, अत्तरिया हुदै र्याली धनगढी चौराहमा कोणसभामा परिणत भएको थियो।
यस्तै टीकापुरबाट सुरु भएको र्यालीले लम्कीमा कोणसभा गरेको नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गानाले बताए। उनले जेन–जी पुस्ताको भ्रष्टाचार विरोध अभियानमा सहमति जनाएको बताए। आन्दोलनमा घुसपैठ भएको उनले बताए।
प्रदेश सभा सदस्य चक्रबहादुर मल्लले भने जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको बताए। नेपाली काँग्रेसका क्षेत्रीय सभापति भीम पडालले संविधानको रक्षा गर्नुपर्ने बताए।
उनले भने, ‘धेरै लामो समय लगाएर संविधान लेखिएको हो। यही संविधानको आधारमा सबै काम गर्नुपर्छ। जेन–जी आन्दोलन भ्रष्टाचार मुक्तिको आन्दोलन हो।’








प्रतिक्रिया दिनुहोस