बैतडीमा एक महिलाले बिच बाटोमै शिशु जन्माएपछि...  



बैतडी: बैतडीमा एक महिलाले बिच बाटोमै शिशु जन्माएकी छन्। जिल्लाको पुर्चौंडी नगरपालिका–१० विजयपुरकी वसन्ती बिष्टले बिच बाटोमै शिशु जन्माएपछि स्वास्थ्यकर्मी त्यही गुगेर सेवा दिएका छन्।

प्रसूती व्यथा लागेकी वसन्ती स्वास्थ्यचौकी आउँदै गर्दा बाटोमै सुत्केरी भएकी कटौजपानी स्वास्थ्यचौकीकी अनमी रमिता जोशीले बताइन्। 

वसन्तीलाई सुत्केरी व्यथा लागेको कुरा जानकारीमा आएपछि स्वास्थ्य संस्थामा आउन आग्रह गरेको तर उनले स्वास्थ्य संस्थामा आउँदै गर्दा बाटोमै बच्चा जन्माएपछि सोही ठाउँमा गएर सेवा दिएको उनले बताइन्। 

आमा र शिशुलाई संक्रमण नहोस भनेर सुरक्षाका उपायसहित आफूले बाटोमै प्रसूती सेवा प्रदान गरेको अनमी जोशीले बताइन्। 

आमा र शिशुको ज्यान जोगाउने अभियानमा कटौंजपानी स्वास्थ्यचौकीले काम गरिरहेको र सोही अनुसार आफूहरु बाटोमै पुगेर भएपनि सेवा दिने कार्यमा तल्लीन रहेको अनमी जोशीले सुनाइन्। आमा र शिशुको स्वास्थ अवस्था राम्रो रहेको बताइएको छ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि