भभया हिमाल दार्चुलामा पहिलो आरोहण सफल 



दार्चुला: अपी हिमाल क्षेत्रमा रहेको ६३९६ मिटर उचाइको ल्याह्युल पिक अर्थात् भया हिमालमा पहिलो पटक सफल आरोहण भएको छ।

अपी हिमाल क्षेत्रमा व्यावसायिक माउन्टेन गाइड तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीको टोलीले बिहीबार भभया हिमालको सफल आरोहण गरेको अपिहिमाल गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष भक्तसिह ठेकरे बोहराका अनुसार ७ जनाको टोलीले हिमाल आरोहण गरेको हो। सुदूरपश्चिम प्रदेशको सबैभन्दा उचाइको अपी हिमाल ९७१३१० को आरोहणलाई आकर्षण गर्न गाउँपालिकाको समन्वयमा माउन्टेन गाइड तालिम सञ्चालन भएको हो।

अध्यक्ष ठेकरेका अनुसार तालिमका प्रशिक्षक लालबहादुर जिरेल, रामकाजी तिवारी, राकेशराज तामाङ र प्रशिक्षार्थीहरु सूर्यमान तामाङ, सुरज तामाङ, भीषण योन्जन, डाली शेर्पाले भभया हिमाल आरोहण गरेका हुन्।

अपिहिमाल–१ मा रहेको अपिहिमालको दायाँपट्टि भभया हिमाल रहेको छ। अपी हिमालमा पर्यटन र हिमाल आरोहणीलाई आकर्षण गर्न पर्यटन पूर्वाधार निर्माणमा जोड दिइएको अध्यक्ष ठकेरेले बताए।

पदमार्ग निर्माण, पर्यटन आवास गृह र अन्य पूर्वाधार निर्माणमा विभिन्न निकायको सहयोगमा काम भइरहेको उनको भनाइ छ।

अघिल्लो संघीय सरकारले सुदूरपश्चिम र कर्णालीका ९७ हिमाल आगामी दुई वर्षका लागि शुल्क मुक्त गर्दै आरोहण खुला गर्ने निर्णय गरेको थियो।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि