अत्तरिया: पत्रकारिताका आम मुल्य र मान्यतालाई आत्मासात गर्दै हामीले अभिलेख मिडिया डटकम सुरु गरेका छौ ।
कैलालीको गाेदावरी नगरपालिका-१ अत्तरियामा मुख्य कार्यालय रहने गरी अभिलेख मिडिया डटकम सुरु गरेका छौँ । अब हरेक मुद्दाकाे अभिलेखिकरण गर्न अनलाईन सञ्चार माध्यम अभिलेख मिडिया डटकमकाे सुरुवात गरेका हौँ ।
लामो समय राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा आबद्ध भएर काम गरीसकेका अनुभवी पत्रकारसहितकाे टिम संलग्न रहेकाे जानकारी गराउन पाउँदा हामी निकै उत्साहित भएका छौँ । अब अभिलेख मिडियाले दबेका, दबाईएका र दबाउन खाेजिएका आम जनचासाेका विषयलाई विशेष रुपमा उठान गर्ने हाम्रो काेशिस हुनेछ । यसका साथै यहाँकाे कृषि, पर्यटन, जल, जमिन र वनलगायतका विषय पनि विशेष रूपमा उठान गरिने छ ।
साथै यहाँको अर्थ र विकाससंगै आर्थिक अनियमितताका विषयलाई त अझ विशेष रूपमा सार्वजनिक गरिनेछ । अभिलेख मिडियाबाट समाचार संकलन, प्रकाशन र प्रशारण गर्न नेपाल सरकारकाे आधिकारिक निकायबाट अनुमतिपत्र लिइसकेको जानकारी आम पाठक र हाम्रा शुभेच्छुकहरुलाई गराउन पाउँदा निकै खुशी छौँ । औपचारिक कार्यक्रम गर्न भने बाकी नै छ ।
-वीरेन्द्र भट्ट: प्रधान सम्पादक
-->







प्रतिक्रिया दिनुहोस