टिकटकर आचल नाथका पुराना भिडियोहरू एकाएक भाइरल 



अत्तरिया: कञ्चनपुर घर भएकी टिकटकर आचल नाथका पुराना भिडियोहरू यतिबेला एकाएक भाइरल भइरहेका छन्। यसअघि खासै भ्यु नपाएका भिडियोले पनि यतिबेला राम्रो भ्यु पाएको देखिएको छ।

टिकटकर आचल अहिले अज्ञात समुहले गरेको आक्रमणबाट गम्भीर घाइते भएर अस्पताल भर्ना छिन। उनीमाथि आक्रमण भएपछि धेरैले दु:ख जनाउँदै फेसबुक र टिकटमा यसअघि उनले अपलोड गरेका तस्बिर र भिडियो हेर्न थालेपछि पुराना भिडियोहरू भाइरल भइरहेका हुन।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणि घर भएकी टिकटकर नाथमाथि अज्ञात समुहले आक्रमण गरेको छ। हाल काठमाडौं बस्दै आएकी कलाकारसमेत रहेकी नाथमाथि पेट्रोल छर्की आगो लगाई ज्यान मार्ने प्रयास गरिएको हो।

अज्ञात समूहले आगो लगाएर जलाउन खोजेपछि घाइते भएकी नाथलाई उपचारका लागि अस्पताल पुगाइएको छ। अहिले काठमाडौंस्थित केएमसी अस्पतालमा उनको उपचार भइरहेको छ।

घटनाको कारण भने खुलेको छैन। यस्तै उनको स्वास्थ्य अवस्थाबारे आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन। केही वर्षअघि कैलालीको अत्तरियामा लागेको महोत्सवको समयमा एक जना कलाकारले मञ्चमा गित गाउँदा उनले पनि दर्शकको लाइनमा गित गाउँदै रूदै गरेको भिडियो सार्वजनिक भएपछि चर्चामा आउन थालेकी हुन।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि