सुदूरपश्चिममा ६२२ जनामा देखियो डेंगु, चाडपर्वमा सावधानी अपनाउन चिकित्सकको सुझाव  



धनगढी:  सुदूरपश्चिममा यसवर्ष डेंगु संक्रमण ६२२ जनामा देखिएको छ। सन् २०२५ को सुरु अर्थात गत पुसको मध्यदेखि हालसम्म यहाँ ६२२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार सुदूरपश्चिममा ६२२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य विज्ञहरूले वास्तविक संक्रमितको संख्या रिपोर्ट भएकाभन्दा धेरै हुन सक्ने ईडीसीडीअन्तर्गत किटजन्य शाखाका प्रमुख डा। गोकर्ण दाहालले बताए।

उनले यस वर्ष सङ्क्रमण ७५ जिल्लामा फैलिएको भए पनि कुनै एक ठाउँमा ‘हटस्पट’ जस्तो अवस्था नदेखिएको बताए। दशैं चाडपर्वको समयमा मानिसहरूको आवतजावत बढ्ने भएकाले डेंगु संक्रमण फैलिने सम्भावना रहन्छ।

चिकित्सकका अनुसार १० हजार मानिसलाई डेंगु भयो भने १ हजारमा मात्र लक्षण देखा पर्छन्। बाँकी ९ हजार मानिसमा लामखुट्टेलाई संक्रमण गर्न सक्ने क्षमता हुन सक्छ। विशेषगरी चाडपर्वको समयमा बढी सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि