कैलाली उद्योग वाणिज्य संघको चुनावमा १९ सय ४० मत खस्यो 



धनगढी: कैलाली उद्योग वाणिज्य संघको चुनावमा १९ सय ४० मत खसेको छ। आज भएको निर्वाचनमा सो संख्यामा मत खसेको हो। संघको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतदान पनि सकिएको छ। निर्वाचन समितिका अनुसार दुई हजार ३३५ मतदाता रहेकोमा एक हजार  ९४० मत खसेको छ। राति १० बजेदेखि मतगणना सुरु गर्ने तयारी छ।

नौ पदाधिकारी र १३ सदस्य गरि २२ पदका लागि भएको निर्वाचनमा २१ जनाले पदाधिकारी र २९ जनाले सदस्य पदमा गरी ५० जनाको उम्मेदवारी छ।

अहिलेका उपाध्यक्ष पुष्करराज ओझा र पूर्वमहासचिव रुपेश स्वाँर प्यालनसहित चुनावी मैदानमा छन्। ओझा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ओमबहादुर बिष्ट, उद्योग उपाध्यक्षमा बासुदेव भट्ट, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा, महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायत र सचिवमा कृष्णाकुमारी बिष्ट उम्मेदवार छन्। उक्त प्यानलबाट १३ जनाको सदस्यमा उम्मेदवारी छ।

यस्तै स्वाँर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त, एसोसिएट उपाध्यक्षमा अनिलकुमार भुजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी, वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द उम्मेदवार छन्। उक्त समूहबाट पनि १३ जना सदस्यमा उम्मेदवार छन्।

निर्वाचनमा तीन पदाधिकारी र तीन सदस्य गरि ६ जना स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्ष पदमा सुरेन्द्र राठी, एसोसिएट उपाध्यक्षमा कविन्द्र पन्त र सचिव पदमा कोपिला कुँवर स्वतन्त्र रुपमा चुनावी मैदानमा छन्।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि