कैलाली भन्सारले उठायो एक अर्ब ७२ करोड राजस्व 



धनगढी: कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा एक अर्ब ७२ करोड राजस्व संकलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना साउनदेखि असोजसम्म एक अर्ब ७२ करोड ७७ लाख ३६ हजार राजस्व संकलन गरेको हो।

कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षमा कूल ९ अर्ब ७१ करोड १५ लाख ६ हजार राजश्व संकलनको लक्ष्य राखेको छ। गत आर्थिक वर्ष ११ अर्ब १६ करोड २६ लाख ३० हजार लक्ष्य निर्धारण गरिएकोमा ८ अर्ब ६६ करोड ९८ लाख मात्र राजश्व संकलन भएको भन्सार अधिकृत खिमप्रसाद अर्यालले बताए।

आर्थिक वर्ष २०८०/८१ मा ७ अर्ब ९१ करोड ८० लाख ९८ हजार कूल राजश्व संकलन भएको अर्यालले बताए। कैलालीमा राजश्व संकलनको मुख्य आधार पेट्रोलियम पदार्थ हो। व्यापार व्यवसाय नबढ्दासम्म आयात घट्ने र राजश्व संकलन पनि स्वतः घट्ने उनले बताए।

कैलाली भन्सारले विगत पाँच वर्षदेखि निरन्तर निर्धारित राजश्व संकलनको लक्ष्य पुरा गर्न सकेको छैन। आर्थिक वर्ष २०७७/७८ देखि राजश्व संकलनको वार्षिक लक्ष्य पुरा हुन नसकेको हो।

आर्थिक वर्ष २०७९/८० मा वार्षिक १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ८ अर्ब २९ करोड ६३ लाख पाँच हजार मात्रै राजश्व संकलन भएको अभिलेख छ। जेन-जी आन्दाेलनका क्रममा भन्सार कार्यालयमा तोडफोड गरिनुका साथै आगजनी पनि गरिएको थियो।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि