श्रमशोषण गरेको भन्दै सुदूरपश्चिम क्षेत्रमा कार्यरत नर्सहरू आन्दोलित 



अत्तरिया: सुदूरपश्चिम क्षेत्रका अस्पतालमा कार्यरत नर्सहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना नै दिएका छन्। 

उनीहरूले सुदूरपश्चिम क्षेत्रका अस्पतालले पनि श्रमशोषण गरेको भन्दै स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको पारिश्रमिक पाउनुपर्ने, स्वास्थ्यकर्मीमाथिको धम्की रोक्नुपर्ने, बिदा तथा दसैँभत्ता दिनुपर्नेलगायत माग राखेका छन्। धनगढीमा एक दर्जन निजी मेडिकल कलेज रहेकामा सबैमा नर्समाथि श्रमशोषण छ।

बिहिवार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनमा भेटिएका विभिन्न अस्पतालमा कार्यरत कर्मचारीहरूले नेपाल सरकारले तोकेको पारिश्रमिक कुनै अस्पतालले नदिएको बताएका छन्।

निजी अस्पतालहरूले अहेव र अनमी पढेको जनशक्तिलाई सुरूपमा ९र१० हजार तबल दिन्छन् भने प्रमाणपत्र तह पढेको स्टाफ नर्स, फार्मेसी सहायक र हेल्थ असिस्टेन्टलाई सुरुमा ११ हजार तलब दिने गरेको आन्दोलित स्वास्थ्यकर्मीले बताएका छन्। यस्तै बिएससी नर्सिङ पढेको जनशक्तिको सुरुको तलब १३ हजार दिने गरेको उनीहरूको दाबी छ।

स्वास्थ्य मन्त्रालयको २०८१ मंसिर २७ गतेको निर्णयमा न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागु गर्न निजी अस्पतालहरूलाई परिपत्र गरिएको छ। तर अस्पतालहरूले उक्त परिपत्रको बेवास्ता गरेको स्वास्थ्यकर्मीहरूको गुनासो छ।

आधारभूत तलब न्यून दिँदै आएका निजी अस्पतालहरूले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको सक्कल प्रमाणपत्र आफूसँग राख्ने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। यस्तै,अनुभवको प्रमाणपत्र नदिने र तलब बैङ्क खातमा हाल्नुपर्नेमा नगदै दिने गरेको उनीहरूले बताएका छन्।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि