सुदूरपश्चिम प्रदेशमा कति हेक्टरमा हुन्छ धानखेती? 



अत्तरिया: यतिबेला किसानलाई धान भित्र्याउने चटारो छ। कतिपयले भित्र्याइसकेका छन् भने कतिपय किसान भित्र्याउने तरखरमा छन्। सबैभन्दा बढी धान कैलाली र कञ्चनपुरमा हुने गरेको छ।

तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका जिल्लामा आपूर्ति हुन्छ। प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको प्रदेशस्थित कृषि विकास निर्देशनालयले जनाएको छ।

सबैभन्दा बढी कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धानखेती हुने गरेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ। 

पहाडी क्षेत्रका डोटी, डडेलधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरा जिल्लामा गरी करिब ६० हजार ४०६ हेक्टरमा बर्खे धानखेती हुन्छ। पछिल्लो दशकमा धान बालीको उत्पादन र उत्पादकत्व बढ्दै गएको कृषि प्राविधिकको भनाइ छ।

खेत खनजोत गर्ने, बाली काट्ने, झार्नेलगायत काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि खेती गर्न सहज भएको किसान बताउँछन्। 

आधुनिक कृषि औजारको प्रयोगले खेती गर्दा समयको बचत हुनुका साथै परिश्रम कम गर्नुपर्ने हुँदा खेती गर्न सहज भइरहेको कृषकको अनुभव छ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि